२०८३ कार्तिक १२ गते बुधबार

भियतनाम सरकारद्धारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १६
075141cd-8c39-48d1-a5d9-2c878840e342

काठमाडौं। नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई त्यहाँको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गर्दै सम्मानित गरेको छ।

नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्‍याउन सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण प्रदान गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनामको परराष्ट्र मन्त्रालयले उनलाई ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको हो।

कन्सुलर मध्येमा अग्रस्थानमा राखी प्रदान गरिएको उक्त प्रमाण पत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङले हस्ताक्षर गरे।

उनलाई प्रदान गरिएको सम्मानपत्रमा नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्न, आपसी सहयोग विस्तार गर्न तथा भियतनामको वैदेशिक सेवाको प्रवर्द्धनमा श्रेष्ठले पुर्‍याएको योगदान उल्लेखनीय रहेको उल्लेख गरिएको छ।

भियतनामको परराष्ट्र मन्त्रालयले श्रेष्ठले कूटनीतिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा वैदेशिक सेवाको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको उच्च प्रशंसा गरेको छ।

अवैतनिक महावाणिज्यदूत श्रेष्ठले यस सम्मानका लागि भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँ दिल्ली स्थित भियतनाम दूतावास तथा सम्पूर्ण सम्बद्ध निकायप्रति हार्दिक आभार व्यक्त गर्दै नेपाल र भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो अवसरमा अवैतनिक महावाणिज्यदूत श्रेष्ठले नेपाल र भियतनामबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यसले बौद्ध पर्यटन, व्यापार, लगानी र सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए।

उनले नेपाल बुद्धको जन्मस्थल तथा भियतनाम समृद्ध बौद्ध सम्पदा र ठूलो बौद्ध समुदाय भएको मुलुक भएकाले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउन प्रत्यक्ष हवाई सम्पर्क अत्यन्त आवश्यक रहेको बताए।

उनले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटनको प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै सिधा उडान सञ्चालन भएमा धार्मिक पर्यटनसँगै सांस्कृतिक आदान प्रदान, शैक्षिक सहकार्य र व्यावसायिक साझेदारी उल्लेखनीय रूपमा विस्तार हुने विश्वास व्यक्त गरे।

श्रेष्ठले नेपाल र भियतनामबीच सूचना प्रविधि, पर्यटन, सेवा, शिक्षा, उत्पादन, कृषि, खाद्य प्रशोधन, पूर्वाधार, नवीकरणीय ऊर्जा, खानी तथा खनिज र लगानीका क्षेत्रमा व्यापक सहकार्यको सम्भावना रहेको औल्याए। यी क्षेत्रहरूमा संयुक्त लगानी र साझेदारीबाट दुवै मुलुकले पारस्परिक लाभ लिन सक्ने उनको भनाइ छ।

प्रकाशित: २०८३ साउन १६ गते शनिवार ०६:०५
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना