२०८३ कार्तिक १२ गते बुधबार

राम्जाको गाउँदेखि काठमाडौँसम्म: सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
WhatsApp Image 2026-08-03 at 20.07.24

तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।

धेरैलाई यो एउटा सामान्य वाक्य जस्तो लाग्न सक्छ। तर कहिलेकाहीँ यस्तै साधारण शब्दले कसैको जीवनको दिशा नै बदलिदिन्छ। दीपिका पौडेलको जीवनमा पनि यस्तै भयो।

विद्यालयमा पढ्दाका दिनहरूमा रामु गौतम सरले उनलाई भनेका थिए यी शब्दहरू। उनले त्यसबेला खासै गम्भीरतापूर्वक लिइनन्। बरु उनलाई लाग्यो–सरले जिस्क्याउनुभएको हो। त्यसैले वास्ता गरिनन्। तर समय बित्दै गयो। दिनहरू परिवर्तन हुँदै गए। उनलाई थाहै नपाई गीत–संगीत र नृत्यप्रति गहिरो मोह बसिसकेको रहेछ।

गाउँघरमा हुने रतेउली, भजन, पञ्चेबाजा, लवाईँ, तीजका कार्यक्रम तथा विभिन्न सांस्कृतिक प्रतियोगितामा साथीहरू, दिदीबहिनी र आमाहरूले उनलाई साथमा लैजान थाले। गाउँका साना कार्यक्रममा रमाउँदै गएकी दीपिका विस्तारै जिल्लास्तरीय कार्यक्रममा पनि एक्लै सहभागी हुन थालिन्। त्यहीँबाट उनको आत्मविश्वास बढ्दै गयो र मनभित्र एउटा ठूलो सपना जन्मियो—काठमाडौं पुगेर गीत–संगीतमै केही गर्ने।

सपनाको त्यो जोसले उनलाई २०७५ सालमा एक्लै काठमाडौं ल्यायो। अपरिचित शहर, नयाँ वातावरण र अनगिन्ती चुनौतीबीच उनले पहिलो गीत रेकर्ड गरिन्। त्यसपछि त संगीत नै उनको जीवन बन्यो। काठमाडौंमै बस्ने, संघर्ष गर्ने र आफ्नो परिचय बनाउने अठोट लिएर उनी अघि बढिन्। जीविकोपार्जनका लागि एउटा सामान्य काम पनि पाइन्। त्यसपछि भने उनी संगीत यात्रामा निरन्तर लागिरहिन्। २०७५ सालदेखि आजसम्म उनी यही यात्रामा दृढताका साथ अघि बढिरहेकी छन्।

आज फर्केर हेर्दा दीपिकालाई महसुस हुन्छ—आफ्नो भित्र लुकेको कलाकार सबैभन्दा पहिले चिन्ने व्यक्ति त रामु गौतम सर नै हुनुहुँदो रहेछ। त्यसैले उनी श्रद्धापूर्वक भन्न रुचाउँछिन्, ‘सर, तपाईंलाई यहीँबाट हार्दिक नमस्कार।’

पञ्चासेको काखबाट उदाएकी स्वरकी धनी
पर्वत जिल्लाको मोदी गाउँपालिका–७, राम्जा मल्काहा। अलिकति तल बगिरहेको मोदीखोला, माथितिर रतिखोला, अझ माथि ऐतिहासिक राम्जा चित्रे गाउँ र त्योभन्दा माथि तीन जिल्लाको संगमस्थल पवित्र पञ्चासे लेक। यही सुन्दर प्राकृतिक काखमा जन्मिइन् र हुर्किइन् गायिका दीपिका पौडेल।

संगीतप्रतिको उनको लगावले छोटो समयमै राम्रो उचाइ लिन थालेको छ। २०७५ सालदेखि औपचारिक रूपमा संगीत क्षेत्रमा प्रवेश गरेकी दीपिकाले हालसम्म चार वटा एल्बम सार्वजनिक गरिसकेकी छन्। उनका ‘सलल कालीगंगा’, ‘लैनो भैँसी’, ‘बैँशालु फूल’ लगायतका गीतले दर्शक–श्रोताको मन जितेका छन्।

विशेषगरी ‘बैँशालु फूल फुल्यो छपक्कै’ ले उनलाई थप परिचित बनायो। उक्त गीतमा बहुप्रतिभाशाली कलाकार कृष्ण समीप सुवेदीको शब्द, संगीत र गायन रहेको थियो भने दीपिकाले पनि उनको साथमा आफ्नो स्वर दिएकी थिइन्। गीतले दर्शकबाट राम्रो माया पायो।

नयाँ आशा बोकेको ‘पातली डन’
यसपटक दीपिका आफ्नो नयाँ गीत ‘पातली डन’ लिएर श्रोता–दर्शकमाझ आएकी छन्। यो गीतप्रति उनी निकै आशावादी छिन्।

उनी भन्छिन्, ‘अडियो र भिडियो दुवै निकै राम्रो बनेका छन्। हामीले धेरै मेहनत गरेका छौँ। त्यसैले दर्शक–श्रोताले पनि मन पराउनुहुनेछ भन्ने विश्वास छ।’

‘पातली डन’ को शब्द तथा संगीत कृष्ण समीप सुवेदीले तयार गरेका हुन्। आफ्ना आदर्श व्यक्तित्वका रूपमा दीपिकाले उहाँलाई विशेष सम्मान व्यक्त गर्छिन्।

उनी भन्छिन्, ‘म कृष्ण समीप सुवेदीलाई आफ्नो आदर्श मान्छु। उहाँ उत्कृष्ट स्रष्टा र गायक मात्र होइन, नयाँ कलाकारप्रति अत्यन्त सहयोगी, आत्मीय र व्यावसायिक इमानदारी भएका व्यक्ति हुनुहुन्छ। उहाँबाट मैले धेरै कुरा सिक्ने अवसर पाएकी छु। उहाँप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।’

गीतमा विश्वास नेपालको संगीत संयोजन, स्यामश्वेत रसाइलीको मिक्सिङ तथा प्रिज्म डिजिटलमा रेकर्डिङ गरिएको छ। भिडियो निर्देशन मुकेश नेपालीले गरेका छन् भने लोकप्रिय मोडल जुना विश्वकर्मा र सुरेश कोलीको आकर्षक अभिनय देख्न सकिन्छ। बुद्ध थापाको छायांकन र अमृत चापागाईंको सम्पादनले भिडियोलाई अझ आकर्षक बनाएको छ।

यसपटक दीपिकाले आफ्नै नयाँ युट्युब च्यानलमार्फत ‘पातली डन’ सार्वजनिक गरेकी छन्। त्यसैले यो गीत उनको लागि अझ विशेष बनेको छ।
उनी मुस्कुराउँदै भन्छिन्, ‘म कसैसँग प्रतिस्पर्धामा छैन। सबै कलाकारको आफ्नै स्थान हुन्छ, गीतको आफ्नै भाग्य हुन्छ। हाम्रो काम भनेको इमानदारीपूर्वक राम्रो सिर्जना गर्नु हो। बाँकी निर्णय दर्शक–श्रोताको हातमा हुन्छ।’

आज संघर्षको यात्रामा अघि बढिरहेकी दीपिका पौडेल भविष्यप्रति आशावादी छिन्। गाउँको सानो मञ्चदेखि राजधानीको सांगीतिक यात्रासम्म आइपुग्दा उनले एउटा कुरा प्रमाणित गरिसकेकी छन्—सपना देख्ने आँट र निरन्तर मेहनत गर्ने साहस भए कुनै पनि यात्रा असम्भव हुँदैन।

हामी पनि गायिका दीपिका पौडेलको नयाँ गीत ‘पातली डन’ ले अपार सफलता प्राप्त गरोस्, दर्शक–श्रोताको मन जितोस् र उनको सांगीतिक यात्रा अझ उज्ज्वल बनोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

प्रकाशित: २०८३ साउन १८ गते सोमबार ०८:२१
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना