२०८३ कार्तिक १२ गते बुधबार

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
firiri

काठमाडौं। नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रालि’ ले यसलाई पूर्ण ‘अल–इन–वन’ इकोसिस्टमका रूपमा बजारमा ल्याएको हो।

यो एपको सुरुवातसँगै अब प्रयोगकर्ताले फरक–फरक कामका लागि धेरै एप डाउनलोड गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। फिरिरी सुपर एपभित्र राइड–सेयरिङ, फूड डेलिभरी, ग्रोसरी तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स जस्ता आधारभूत सेवाहरू समावेश छन्।

यसका साथै होटल तथा ट्राभल बुकिङ, डिजिटल भुक्तानी, रियल स्टेट सेवा, र घरायसी मर्मतका लागि ‘ह्यान्डिम्यान’ सेवा पनि उपलब्ध गराइएको छ । मनोरञ्जन र शिक्षालाई समेत प्राथमिकता दिँदै एपमा अन–डिमाण्ड चलचित्र र डिजिटल लर्निङ प्लेटफर्म समेत एकीकृत गरिएको छ। जसले गर्दा प्रयोगकर्ताले एउटै एपमार्फत विविध सुविधाहरू छिटो र सहज रूपमा उपभोग गर्न सक्नेछन्।

स्वदेशी प्रविधिलाई बढावा दिने उद्देश्यले निर्माण गरिएको यो प्लेटफर्मले स्थानीय व्यवसाय, सेवा प्रदायक, फ्रीलान्सर र शिक्षकहरूलाई डिजिटल रूपमा जोड्ने लक्ष्य राखेको छ। विदेशी एपहरूको प्रभाव बढ्दै गएको वर्तमान अवस्थामा फिरिरीले नेपाली प्रयोगकर्ताका लागि भरपर्दो स्वदेशी विकल्प दिँदै देशभित्रै आर्थिक मूल्य सिर्जना गर्ने दाबी गरेको छ।

कम्पनीका अनुसार यो एपले रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै सेवाको पहुँच विस्तार गरी डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। ‘फिरिरी नेपालीका लागि, नेपालीद्वारा निर्माण गरिएको प्लेटफर्म हो,‘ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो लक्ष्य मोबिलिटी, व्यापार, सेवा, मनोरञ्जन र अवसरहरूलाई एउटै प्लेटफर्ममा जोड्दै आत्मनिर्भर डिजिटल इकोसिस्टम निर्माण गर्नु हो।’

हाल यो एप नेपालका प्रमुख शहरहरूमा उपलब्ध भइसकेको छ। मोबिलिटीदेखि शिक्षा र रोजगारीसम्म फैलिएको यसको बहु–सेवा संरचनाले नेपालको डिजिटल रूपान्तरणमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

 

 

प्रकाशित: २०८३ साउन २० गते बुधबार ०४:१८
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना