२०८३ कार्तिक ११ गते मङ्गलबार

होर्मुज जलमार्गमा इरान–ओमान सहमतिनजिक, तेल आपूर्ति सहज हुने संकेत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २३
hormuz_12

काठमाडौं। इरान र ओमान होर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी सम्झौताको प्रारम्भिक रूपरेखामा सहमतिनजिक पुगेका छन्। इरानी सञ्चारमाध्यमहरूका अनुसार दुवै देशबीच समुद्री व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको छ।

सहमति भए कच्चा तेल आपूर्ति सहज हुन गई मूल्य पनि कम हुनेछ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ ब्यारेलको ८३.३५ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। अमेरिका इरानबीच युद्धले पश्चिम एसियामा तनाव सिर्जना भई कच्चा तेलको भाउ बढेर ब्यारेलको १२८ डलरसम्म पुगेको थियो।

इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन घाशघाभीले सरकारी समाचार संस्था आईआरएनएसँग कुरा गर्दै हर्मुज जलमार्गमार्फत हुने जलयातायात व्यवस्थापनसम्बन्धी सम्झौताको अन्तिम मस्यौदा तयार हुने चरणमा पुगेको बताएका छन्। उनका अनुसार सम्झौताका विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ।

यसैबीच, अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले इरान र ओमानबीचको वार्तामा उल्लेखनीय प्रगति भएको तथा छिट्टै सम्झौता हुने अपेक्षा गरिएको जनाएको छ। ती अधिकारीका अनुसार व्यापारिक जहाजहरूको निर्बाध आवागमन पुनःस्थापना गर्ने सम्झौता भएपछि अमेरिकाले इरानी बन्दरगाहमाथि लगाइएको नाकाबन्दी हटाउनेछ।

अमेरिकी समाचार वेबसाइट एक्सिओसले पनि मध्यस्थकर्तामध्ये एक देशका कूटनीतिज्ञलाई उद्धृत गर्दै इरानका वार्ताकारहरू सम्झौताका लागि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को अन्तिम स्वीकृतिको प्रतीक्षामा रहेको जनाएको छ। ती कूटनीतिज्ञले स्वीकृति छिट्टै प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरान र ओमानबीच होर्मुज जलमार्गमा सुरक्षित व्यापारिक समुद्री मार्ग स्थापना गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको बताएका थिए। उनका अनुसार प्रस्तावित मार्गका भौगोलिक निर्देशांकबारे दुवै देशबीच समझदारी बनेको छ भने सहमतिका मुख्य बुँदाहरू समेटिएको संयुक्त वक्तव्य अन्तिम रूप दिने काम भइरहेको छ।

गत फेब्रुअरी २८ मा इरानले होर्मुज जलमार्ग आफ्नो नियन्त्रण कडा बनाउँदै इजरायल र अमेरिकासँग सम्बन्धित जहाजहरूको सुरक्षित आवागमनमा प्रतिबन्ध लगाएको थियो। उक्त कदम इरानी भूमिमाथि भएको संयुक्त आक्रमणपछि उठाइएको थियो।

त्यसपछि अमेरिकी सेनाले हर्मुज क्षेत्रमा व्यापारिक जहाजहरूलाई धम्की दिने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले इरानी लक्ष्यहरूमा विभिन्न चरणमा हवाई आक्रमण गरेको जनाएको थियो। इरानले त्यसको प्रत्युत्तरस्वरूप क्षेत्रस्थित अमेरिकी सैन्य अड्डा तथा संरचनाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको थियो।

विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापारिक मार्गमध्ये एक मानिने हर्मुज जलमार्गमा तनाव कम गर्ने दिशामा इरान–ओमानबीचको सम्भावित सम्झौतालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ। सीसीटीभी

प्रकाशित: २०८३ साउन २३ गते शनिवार १०:५५
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना