काठमाडौं– टाटा मोटर्सका सोरुममा एक्सचेन्ज विकेन्ड सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको विकेन्ड क्याम्प १२ असारसम्म काठमाडौंलगायत सिप्रदी तथा सिप्रदीका नेपालभरका आधिकारिक टाटा मोटर्स सोरुममा चल्नेछ। एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी लिएर टाटा मोटर्सका रुचाइएका नयाँ मोडलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिनेछ।
साटफेर सहज बनाउन सोरुममा बिमा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ता पनि संलग्न भएको कम्पनीले बताएको छ। टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई लक्षित गरी एक्सचेन्ज क्याम्पमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई टाटाका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरुमबाट व्यवस्था गरिएको छ।
चलिरहेको बजार मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, बिमा र हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर रहेको कम्पनीले जनाएको छ।


