काठमाडौँः नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य भने आज प्रतितोला २५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ पुगेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
