२०८३ साउन २७ गते बुधबार

नीतिगत विभेद भएको एनसेलको दाबी: ‘नवीकरण गर्न हामीलाई २० अर्ब, अरुलाई ३ लाख मात्रै?’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
ncell

काठमाडौँ: दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको दोहोरो मापदण्डका कारण व्यावसायिक वातावरण बिग्रिएको आरोप लगाएको छ।

सोमबार नेपालमा लगानी गरेका २० बहुराष्ट्रिय कम्पनीहरूसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेको छलफलमा एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले राज्यले सेवा प्रदायकहरूबीच असमान व्यवहार गर्दा विदेशी लगानीकर्ताहरू मारमा परेको बताए।

नेपालको दूरसञ्चार क्षेत्रमा सरकार र नियामक निकायले अपनाएको दोहोरो मापदण्डका कारण व्यावसायिक वातावरण बिग्रँदै गएको उनको भनाइ थियो।

श्रेष्ठले अनुमतिपत्र नवीकरणका नाममा एनसेलमाथि आर्थिक भार थुपारिएको तर अरूलाई भने सहुलियत दिइएको बताए।

‘हामीले २० अर्ब रुपैयाँ अनुमतिपत्र नवीकरण शुल्क बुझाउँछौँ तर हामीजस्तै सेवा दिने अरु सेवा प्रदायकले तीन लाख रुपैयाँ बुझाए पुग्छ। यस्तो अनुमतिपत्रको व्यवस्था परिवर्तन हुनुपर्छ,’ उनले भने।

फ्रिक्वेन्सी वितरणमा पनि एनसेलमाथि विभेद भएको बताउँदै उनले सरकारको आलोचना गरे।  समान परिस्थितिमा अर्को सेवा प्रदायकले फ्रिक्वेन्सी पाउँदा एनसेलले शुल्क तिर्छु भन्दा पनि फ्रिक्वेन्सी नपाएको उनले बताए।

विदेशी मुद्रा सटहीमा पनि एनसेलले कठिन प्रक्रिया झेलिरहेको श्रेष्ठको भनाइ थियो। प्रतिस्पर्धी कम्पनीहरूले सहजै सटही सुविधा पाउँदा एनसेलले भने तीन तहको सरकारी सिफारिस लिनुपर्ने झन्झटिलो व्यवस्था रहेको उनले बताए। यही प्रशासनिक ढिलासुस्तीका कारण विगत दुई वर्षदेखि कम्पनीले कुनै पनि सेवाको भुक्तानी (सर्भिस पेमेन्ट) गर्न नपाएको भन्दै उनले सञ्चार मन्त्रालयलाई सहजीकरण गरिदिन आग्रह गरे।

व्यवसायी र लगानीकर्तामाथि भइरहेको पछिल्लो धरपकडप्रति पनि उनले चिन्ता व्यक्त गरे। बैंक तथा वित्तीय संस्थाको लिलाम प्रक्रियामा सहभागी भएकै कारण आफ्ना लगानीकर्तालाई फौजदारी मुद्दा चलाउने र अपराधी जस्तो व्यवहार गर्ने काम भइरहेको भन्दै लगानीका लागि असुरक्षित वातावरण बनेको उनको भनाइ थियो। यस्तो असुरक्षित वातावरणमा गैरआवासीय नेपाली वा अन्य विदेशी लगानीकर्ताले नेपालमा लगानी भित्र्याउन नसक्ने उनले स्पष्ट पारे।

कर प्रणालीलाई पूर्वानुमानयोग्य बनाउन, कर निर्धारणको समयसीमा ४ वर्षबाट घटाएर १ वर्षमा झार्न, विदेशी कामदारको वार्षिक भिसा नवीकरण गर्ने झन्झटलाई हटाएर श्रम सम्झौतामार्फत दीर्घकालीन समाधान खोज्न  पनि उनले सुझाव दिए।

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०९:४९
प्रतिक्रिया

थप समाचार

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ। यो सेवा नेपालभरिका...

एम बैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

काठमाडौँ: नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत...

एकैदिन तोलामा ६ हजार ४०० ले बढ्यो सुनको मूल्य, तोलाको कति?

काठमाडौँ: नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

काठमाडौँः नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला...

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको पुँजीकरण घट्दो, जलविद्युतको बढ्दो

जलविद्युत समूहको बढ्दै गएको नेप्सेले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा घटेर हाल ५०.९ प्रतिशतमा झरेको छ।
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना