२०८३ कार्तिक १२ गते बुधबार

नीतिगत विभेद भएको एनसेलको दाबी: ‘नवीकरण गर्न हामीलाई २० अर्ब, अरुलाई ३ लाख मात्रै?’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
ncell

काठमाडौँ: दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको दोहोरो मापदण्डका कारण व्यावसायिक वातावरण बिग्रिएको आरोप लगाएको छ।

सोमबार नेपालमा लगानी गरेका २० बहुराष्ट्रिय कम्पनीहरूसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेको छलफलमा एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले राज्यले सेवा प्रदायकहरूबीच असमान व्यवहार गर्दा विदेशी लगानीकर्ताहरू मारमा परेको बताए।

नेपालको दूरसञ्चार क्षेत्रमा सरकार र नियामक निकायले अपनाएको दोहोरो मापदण्डका कारण व्यावसायिक वातावरण बिग्रँदै गएको उनको भनाइ थियो।

श्रेष्ठले अनुमतिपत्र नवीकरणका नाममा एनसेलमाथि आर्थिक भार थुपारिएको तर अरूलाई भने सहुलियत दिइएको बताए।

‘हामीले २० अर्ब रुपैयाँ अनुमतिपत्र नवीकरण शुल्क बुझाउँछौँ तर हामीजस्तै सेवा दिने अरु सेवा प्रदायकले तीन लाख रुपैयाँ बुझाए पुग्छ। यस्तो अनुमतिपत्रको व्यवस्था परिवर्तन हुनुपर्छ,’ उनले भने।

फ्रिक्वेन्सी वितरणमा पनि एनसेलमाथि विभेद भएको बताउँदै उनले सरकारको आलोचना गरे।  समान परिस्थितिमा अर्को सेवा प्रदायकले फ्रिक्वेन्सी पाउँदा एनसेलले शुल्क तिर्छु भन्दा पनि फ्रिक्वेन्सी नपाएको उनले बताए।

विदेशी मुद्रा सटहीमा पनि एनसेलले कठिन प्रक्रिया झेलिरहेको श्रेष्ठको भनाइ थियो। प्रतिस्पर्धी कम्पनीहरूले सहजै सटही सुविधा पाउँदा एनसेलले भने तीन तहको सरकारी सिफारिस लिनुपर्ने झन्झटिलो व्यवस्था रहेको उनले बताए। यही प्रशासनिक ढिलासुस्तीका कारण विगत दुई वर्षदेखि कम्पनीले कुनै पनि सेवाको भुक्तानी (सर्भिस पेमेन्ट) गर्न नपाएको भन्दै उनले सञ्चार मन्त्रालयलाई सहजीकरण गरिदिन आग्रह गरे।

व्यवसायी र लगानीकर्तामाथि भइरहेको पछिल्लो धरपकडप्रति पनि उनले चिन्ता व्यक्त गरे। बैंक तथा वित्तीय संस्थाको लिलाम प्रक्रियामा सहभागी भएकै कारण आफ्ना लगानीकर्तालाई फौजदारी मुद्दा चलाउने र अपराधी जस्तो व्यवहार गर्ने काम भइरहेको भन्दै लगानीका लागि असुरक्षित वातावरण बनेको उनको भनाइ थियो। यस्तो असुरक्षित वातावरणमा गैरआवासीय नेपाली वा अन्य विदेशी लगानीकर्ताले नेपालमा लगानी भित्र्याउन नसक्ने उनले स्पष्ट पारे।

कर प्रणालीलाई पूर्वानुमानयोग्य बनाउन, कर निर्धारणको समयसीमा ४ वर्षबाट घटाएर १ वर्षमा झार्न, विदेशी कामदारको वार्षिक भिसा नवीकरण गर्ने झन्झटलाई हटाएर श्रम सम्झौतामार्फत दीर्घकालीन समाधान खोज्न  पनि उनले सुझाव दिए।

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०९:४९
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना