२०८३ कार्तिक १२ गते बुधबार

एम बैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
Picture

काठमाडौँ: नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी भएको छ।

उक्त सम्झौतामा जेठ २९ गते (शुक्रबार) हस्ताक्षर भएको थियो भने सेवा साउन ७ गते (बिहीबार) देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। देशभर ५७ सेवा केन्द्रमार्फत एक लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको एनएमसी-कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको प्लेटफर्ममार्फत थप व्यापक डिजिटल वित्तीय सेवा उपलब्ध गराउने भएको छ।

यस साझेदारीअन्तर्गत एनएमसी-कोअपका सदस्यहरूले एउटै मोबाइल एप्लिकेसनमार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट तथा केवाइएम अपडेट लगायतका सेवा प्राप्त गर्न सक्नेछन्।

साझेदारीले डिजिटल लेन्डिङ क्षेत्रमा पनि विशेष जोड दिएको छ। चरणबद्ध रूपमा सदस्यहरूले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण (लोन स्टेटमेन्ट) तथा नयाँ ऋण आवेदन जस्ता सेवा मोबाइल प्लेटफर्ममार्फत प्राप्त गर्न सक्नेछन्। डिजिटल प्रक्रियामार्फत आवश्यक कागजात पेश गर्ने र ऋण आवेदनको अवस्थाबारे जानकारी लिन सकिने भएकाले शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ।

साझेदारीबारे प्रतिक्रिया दिँदै एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हालै राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष निर्वाचित लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार अपरिहार्य रहेको बताउँदै यस साझेदारीले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी एमबैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय महासेठले भने, ‘यो साझेदारी केवल मोबाइल बैंकिङ सेवाको विस्तार मात्र होइन, सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने साझा पहल हो। बैंकिङ, पेमेन्ट र लेन्डिङलाई एउटै डिजिटल इकोसिस्टममा एकीकृत गरेर हामी सदस्यलाई अझ सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्न चाहन्छौं।’

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०४:०३
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना