काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाजिम्पाटस्थित ५ तारे होटल र्याडिसनमा छापा मारेको छ। बुधबार विभागले छापा मार्दा १८४ वटा ग्यास सिलिन्डर भेटिएका छन्।
ठूलो परिणाममा सिलिन्डर मौज्दात राखिएको भन्दै सरकारले उक्त होटललाई कारबाही गर्ने तयारी गरिरहेको छ।
बजारमा ग्यास अभाव भएको ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएको भन्दै विभागले कारबाहीको तयारी गरेको छ।
विभागले छापा मार्दा होटलमा नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर फेला पारेको हो। होटलमा ७० वटा चुल्होमा सिलिन्डर प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ।
विभागले होटल, व्यावसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथिको निगरानी बढाएको छ।


