२०८३ कार्तिक १२ गते बुधबार

चलचित्र क्षेत्रलाई नियन्त्रण होइन, प्रवर्द्धन गर्नुपर्छः गगन थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
gagan

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा यसको प्रवद्र्धन र विकासमा सहयोग गर्ने नीति लिनुपर्ने बताएका छन्।

शुक्रबार नेपाली कांग्रेसको ग्रीन टेबल श्रृङ्खलाको १६औँ कार्यक्रमअन्तर्गत आयोजित ‘चलचित्र बहसः पर्दाभित्र र पर्दाबाहिर’ विषयक छलफलपछि बोल्दै थापाले सरकारमा पुगेपछि हरेक क्षेत्रमा नियन्त्रणकारी बन्ने राजनीतिक दलहरूको प्रवृत्ति गलत रहेको बताए।

उनले राज्यले सम्बन्धित क्षेत्रमा काम गर्ने नागरिक तथा व्यवसायीलाई शंकाको दृष्टिले हेर्नेभन्दा उनीहरूले गर्न खोजेको काममा सहयोग र प्रवद्र्धन गर्नुपर्ने बताए।

उनले भने, ‘हामी सबै नेपालको राजनीतिक दलहरूको दृष्टिकोण पायौँ भने जब हामी सरकारको कुर्सीमा बस्छौँ, तब हामीलाई असाध्यै रेगुलेटर हुन मन लाग्छ। हाम्रो काम भनेको त्यो क्षेत्रमा काम गर्ने मानिसहरूले आवश्यक रूपमा खराब गर्छन्, यिनीहरूले कहीँ न कहीँ राज्यलाई खराब गर्छन्। त्यसकारणले गर्दा हामीले डण्डा बोकेर यसलाई नियन्त्रण गरेर बस्नुपर्छ भन्ने हुन्छ।’

थापाले सरकारको यस्तो नियन्त्रणमुखी सोचका कारण शासन प्रणालीको दृष्टिकोण नै गलत बन्ने गरेको बताए। नागरिकले आफूले काम गर्न खोजेको क्षेत्रमा राज्यबाट प्रवद्र्धन र सहयोगको अपेक्षा गर्ने भए पनि राज्यको दृष्टिकोण नियन्त्रणमुखी हुने गरेको उनको भनाइ थियो।

विधेयक निर्माणका क्रममा समेत सुरुदेखि नै नियन्त्रण गर्ने सोच हाबी हुने गरेको उनले बताए।

उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि जब विधेयक ड्राफ्ट हुन थाल्छ, त्यसमा सुरुमै मैले यसलाई नियन्त्रण गर्नुपर्छ, रोक्नुपर्छ भनेर सुरु हुन्छ। प्रत्येक धारा, प्रत्येक दफामा मैले प्रमोट गर्नुपर्छ भन्ने हुँदैन, कताबाट कस्ने, यताबाट कस्ने कि उताबाट कस्ने भन्ने कुराहरू आउँछन्।’

उनले चलचित्र विधेयक राष्ट्रिय सभामा प्रस्तुत भइसकेको र अहिले प्रतिनिधिसभामा रहेको जानकारी दिँदै विधेयक सुधारका लागि अझै पर्याप्त ठाउँ रहेको बताए।

उनले भने, ‘चलचित्र विधेयक राष्ट्रिय सभामा प्रस्तुत भयो र अहिले प्रतिनिधिसभामा छ। आजको छलफलले यो विधेयकको विषयमा काम गर्ने ठाउँ रह्यो। आज विशेष कुराहरू आएको छ।’

चलचित्र क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा प्रवद्र्धन गर्ने गरी विधेयकमा सुधार गर्न सके नेपाललाई चलचित्र निर्माण तथा छायांकनको गन्तव्य मुलुक बनाउन सकिने थापाले बताए।

उनले भने, ‘यो विधेयकमा अलिकति सुधार गर्‍यौँ भने यसमा यो क्षेत्रलाई प्रवद्र्धन गर्ने हो भन्ने कुरा आयो भने सायद नेपाललाई गन्तव्य मुलुक कसरी बनाउने भन्नेदेखि लिएर नेपालबाट यो एक्सपोर्टको कम्युनिटी हो भन्ने विषयसम्मको कुरा आएको छ।’

प्रकाशित: २०८३ साउन २९ गते शुक्रबार ०८:०९
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना