काठमाडौँ: हुवावेले आफ्नो नयाँ प्रिमियम स्मार्टवाच हुवावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि हुवावे उपभोक्ता उत्पादनको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले यो स्मार्टवाच सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार ४३ हजार ९९० रुपैयाँ मूल्यको वाच फिट ५ प्रो खरिद गर्ने ग्राहकले सीमित अवधिका लागि ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने हुवावे फ्रीबड्स एसई २ निःशुल्क प्राप्त गर्नेछन्।
हुवावे वाच फिट ५ प्रो मा १.९२ इन्चको डिस्प्ले राखिएको छ। यसको बेजेल १.८ मिलिमिटर मात्र रहेको छ भने अधिकतम ३ हजार निट्ससम्मको ब्राइटनेस उपलब्ध छ। यसले प्रत्यक्ष घाममा समेत स्क्रिन हेर्न सहज बनाउने कम्पनीको दाबी छ।
स्मार्टवाच ब्ल्याक फ्लोरोइलास्टोमर, ओरेन्ज ग्रे नाइलन र ह्वाइट फ्लोरोइलास्टोमर स्ट्र्याप विकल्पमा उपलब्ध छ।
फिटनेसलाई प्राथमिकता दिइएको वाच फिट ५ प्रो मा ‘मिनी वर्कआउट मोड’ रहेको छ। यसमार्फत ३० सेकेन्डदेखि केही मिनेटसम्मका छोटा तथा निर्देशित व्यायाम गर्न सकिन्छ।
आउटडोर गतिविधिका लागि ‘ट्रेल रन मोड’ मा बाटोअनुसारको नेभिगेसन, उचाइको प्रवृत्ति तथा अनुमानित आगमन समयजस्ता सुविधा दिइएको छ।
गल्फ खेलाडीका लागि भने विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रिन भ्यु र स्विङ विश्लेषणको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
वाच फिट ५ प्रो मा मुटुको धड्कनसम्बन्धी असामान्य अवस्थाको सूचना, ईसीजी, धमनीको कठोरता पहिचानलगायतका स्वास्थ्य निगरानी सुविधा छन्।
महिलाका लागि कलाईको तापक्रम निगरानीसहितको महिला स्वास्थ्य निगरानी सुविधा पनि उपलब्ध छ।
कम्पनीका अनुसार सामान्यभन्दा हल्का प्रयोगमा वाच फिट ५ प्रो को ब्याट्री १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म टिक्न सक्छ।
नेपालमा यसको मूल्य ४३ हजार ९९० रुपैयाँ तोकिएको छ। साथै, सीमित अवधिको अफरअन्तर्गत खरिदकर्ताले ५ हजार ४९० रुपैयाँ मूल्यको हुवावे फ्रीबड्स एसई २ निःशुल्क पाउनेछन्।


