२०८३ भदौ ५ गते शुक्रबार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुनः कार्की नियुक्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
parbat-kumar-karki

काठमाडौं। सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई पुनः नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त छन्। उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। कार्की २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए।

कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेको अनुभव छ।

उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा उनले अन्तर्राष्ट्रियस्तरका तालिमसमेत प्राप्त गरेका छन्।

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार १०:३६
प्रतिक्रिया

थप समाचार

सुनको मूल्य बढ्ने क्रम जारी, आज तोलामा ३ हजार ३ सयले बढ्यो

काठमाडौँः नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला...

श्रीलङ्काको ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’, अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार तीव्र

काठमाडौँ। नेपालमा विकास भएको सूचना प्रविधिलाई विश्व बजारमा पुर्याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआईमा आधारित व्यावसायिक...

ईसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी ईसेवा लिमिटेडले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वानको मान्यता प्राप्त गरेको छ। कार्ड डाटा...

एनएमबि बैंकमा अनलाइनबाटै कर्जा लिन सकिने, यस्तो छ आवेदन दिने तरिका

काठमाडौँ: एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले...

नेपालगञ्ज–पोखरा हवाई सेवा भदौ ३१ देखि पुनः सुरु हुने, सातामा तीन उडान

काठमाडौँ: लामो समयदेखि बन्द रहेको नेपालगञ्ज–पोखरा हवाई सेवा बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ। यात्रुको माग बढेसँगै कम्पनीले यो रुटमा फेरि नियमित उडान सुरु गर्न लागेको...
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना