२०८३ भदौ ५ गते शुक्रबार

‘सारथी’ मंसिर ११ देखि प्रदर्शनमा आउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
saarathi

काठमाडौं। अभिनेत्री निरुता सिंहको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो।

सार्वजनिक पोस्टरमा अभिनेत्री निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ।

उनको भावभंगी र पोस्टरको प्रस्तुतिले सिनेमाको कथाप्रति दर्शकमाझ कौतूहल बढाउने देखिन्छ। यो पोस्टरमा अभिनेत्री सिंहको काखमा दुधे बालक लिएर गम्भिर मुद्रामा खुट्टाको पैतलाबाट रगत चुहिँदै गरेको अवस्थामा देखिएकी छन्।

प्रदर्शन मिति घोषणा भएसँगै निर्माण टिमले सिनेमाको प्रचारप्रसारलाई तीव्रता दिने तयारी गरेको छ। किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको ‘सारथी’मा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता छन्। म्याग्दीको गुर्जा क्षेत्रमा यो सिनेमाको सम्पूर्ण छायांकन गरिएको हो।

सिनेमामा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कंडेल, सुदीप नेपाल, धिरेन कार्कीको अभिनय रहेको छ।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर हुन्। छायांकन संकल्प भुजेलले गरेका हुन्।

राजु खतिवडा मुख्य सहायक निर्देशन रहेको सिनेमामा बाबुबल गिरी र प्रशान्त शिवाकोटीको संगीत, बाबुल, प्रशान्त र रचना रिमालको स्वर तथा आर्ट डिरेक्टर श्याम कार्की र ड्रेस कोर्डिनेटरमा गोविन्द खड्का छन्। सिनेमाको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

 

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार १०:४२
प्रतिक्रिया

थप समाचार

जुम्बामा मिस पबीको जोश, महिला र बालबालिकासँगै छमछमी नाचिन्

काठमाडौँ: मिस पबी बिहीबार साँझ कलंकीस्थित स्युचाटारमा जुम्बाको तालमा खुलेर नाचिन्। कहिले महिला त कहिले बालबालिकासँगै छमछमी नाचेकी पबीले त्यहाँ उपस्थितलाई पनि जुम्बाको रमाइलोमा सहभागी...

जमलमा ‘लोकदोहोरी मेला’, ज्योति मगरदेखि दुर्गेश थापासम्म सहभागी हुँदै

काठमाडौँ: नेपाली लोकसंगीतको माहोल तताउने तीनदिने ‘लोकदोहोरी मेला’ आजदेखि काठमाडौँको जमलस्थित टप दरबार रोधी क्लबमा सुरु हुँदैछ। टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजना हुन लागेको...

आजदेखि प्रदर्शनमा आयो चलचित्र ‘मास्टर्नी’

काठमाडौं। आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो। आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको...

गौँथली दोस्रो सर्वाधिक कमाउने फिल्म, पूर्णबहादुरको रेकर्ड तोड्ला?

काठमाडौँ: गएको साउन १ गतेदेखि प्रदर्शनरत चलचित्र गौँथलीले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गर्दै सर्वाधिक कमाउने नेपाली चलचित्रको सूचीमा दोस्रो स्थान सुरक्षित गरेको छ। प्रदर्शनको एक महिना...

चलचित्र क्षेत्रलाई नियन्त्रण होइन, प्रवर्द्धन गर्नुपर्छः गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा यसको प्रवद्र्धन र विकासमा सहयोग गर्ने नीति लिनुपर्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेसको...
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना