काठमाडौँः नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार एक दिनमा चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेको हो।
