काठमाडौँ: नेपाली बजारमा तीन दिनमै सुनको मूल्य प्रतितोला १५ हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ बढेर ३ लाख १९ हजार ५०० कायम भएको छ।
सुनको मूल्य शुक्रबार ३ लाख १६ हजार ७०० र बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ।
यसदिन चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला ४ हजार ९७५ रुपैयाँमा किनबेच भैरहेको छ।


