काठमाडौं– सानिमा बैंकले भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलसँग ग्राहकलाई सेवामा छुट दिने सम्झौता गरेको छ। बैंकले डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न यस्तो सम्झौता गरिएको बताएको छ।
सम्झौताअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउनेछन्।
बैंकका ग्राहकले औषधी र अपरेसनसम्बन्धी शुल्कमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
हाल बैंकले १३२ शाखा तथा १२२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।
