काठमाडौँ- दुईपाङ्ग्रे सवारी साधन कम्पनी टीभीएसले नयाँ खरिदकर्तालाई लक्षित गरी ‘नयाँ सफर बिना कर’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत हरेक बाइक र स्कुटर किन्नेहरुका लागि खरिदवर्ष र थप एक वर्षको सडक कर टीभीएस आफैंले तिरिदिने आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जानकारी दिएको छ।
बाइक र स्कुटरको किन्नेहरूका लागि आकर्षक फाइनान्स सुविधा पनि ल्याएको कम्पनीले जनाएको छ। २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिने जगदम्बाले जानकारी दिएको छ।
टीभीएसले नेपालभर १५० भन्दा बढी डिलरहरूबाट सेवा प्रदान गर्दै आएको छ।


