२०८३ कार्तिक १२ गते बुधबार

‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
sonu

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सघाउन भारतीय चलचित्र अभिनेता तथा समाजसेवी सोनु सूद मंगलबार काठमाडौं आइपुगेका छन् ।

लायन्स क्लब्स इन्टरनेशनल तथा ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले उनी नेपाल आएका हुन् ।

काठमाडौं पुगेसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सूदले विपत्तिको यस कठिन घडीमा नेपाललाई सहयोग गर्न विश्वभर छरिएर रहेका समुदायलाई अपिल गरे । बाढीका कारण घरबारविहीन बनेका नागरिकहरूको आवास निर्माणका लागि उनले ‘एक घर बनाउने संकल्प’ अभियानको प्रस्ताव समेत गरे ।

यसअघि भारतको पञ्जाबमा आएको बाढीपछि आफ्नो संस्थाले २५७ वटा घर निर्माण गरिदिएको स्मरण गर्दै उनले नेपालमा पनि पहिचान गरिएका स्थानहरूमा आवास निर्माण थालिने जानकारी दिए ।

‘नेपाल अहिले निकै कठिन समयबाट गुज्रिरहेको छ । यो बेला अगाडि आएर सक्दो सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो,’ सूदले भने, ‘टाढाबाट सहयोग पठाउनुभन्दा आफैँ उपस्थित भएर पीडितहरूको हात समात्दै हामी तपाईंको साथमा छौँ भन्ने ढाडस दिनुको प्रभाव धेरै ठूलो हुन्छ । म केवल मद्दत गर्न मात्र होइन, आफ्नो जिम्मेवारी पूरा गर्न यहाँ आएको हुँ ।’

सूदका अनुसार उनको संस्था ‘सूद च्यारिटी फाउन्डेसन’, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले स्थलगत रूपमै पुगेर वास्तविक आवश्यकता पहिचान गरिरहेको छ ।

हाल भारतबाट दुई हजार थान कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्रीहरू नेपालतर्फ पठाइसकिएको उनले बताए ।

सूदले नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी शिक्षा, स्वास्थ्य र आवाससम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन सहयोग योजना बनाउने जानकारी दिए ।

नेपाली नागरिकहरूको आत्मबल र मिहिनेती स्वभावको प्रशंसा गर्दै उनले मुम्बईमा विगत २५–३० वर्षदेखि आफूसँग काम गर्ने अधिकांश व्यक्तिहरू नेपाली नै रहेको उल्लेख गरे । ठूलो विपद्का बीच पनि नेपालीहरूले देखाएको धैर्यता र मुस्कानले आफूलाई थप प्रेरित गरेको उनको भनाइ थियो ।

यसै क्रममा अभिनेता सूदले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनप्रति चिन्ता व्यक्त गरे । प्रकृतिको दोहन र वनजङ्गल फडानीका कारण विश्वभर यस्ता विपत्तिहरू बढिरहेको उल्लेख गर्दै उनले भावी पुस्ताको सुरक्षाका लागि अहिले नै प्रकृतिको संरक्षणमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार ०८:०७
प्रतिक्रिया

थप समाचार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना