काठमाडौँ- नेपाल टेलिकमको एफटीटीएच सेवा अब नशुल्क नम्बर १९८ मा कल गरेर पाउन कसिने भएको छ। सेवाग्राहीको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १) डायल गरी प्राप्त गर्न सकिने टेलिकमले जानकारी दिएको छ।
सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने टेलिकमले जनाएको छ। ती स्थानहरूमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ।
नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ। एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ।


