काठमाडौँ- आठौँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मी विकास बैंकले प्रायोजन गर्ने भएको छ। ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारणा जनतासम्म पुर्याउन सहयोग गर्न प्रतियोगितालाई प्रायोजन गर्न लागिएको जानकारी गराएको हो।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा मिति २०८० आषाढ ८ र ९ गते आर्मी अफिसर्स क्लबमा आयोजित प्रतियोगितालाई बैंकले प्रायोजन सहयोग गरेको हो। अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्।


