काठमाडौं–पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा गरिएको छ। आयोगले १ करोड ४४ लाख ११ हजार ७८१ सम्पत्ति स्रोत नखुलेको दाबीसहित डा ढकालविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
२०७४ साउनदेखि ३० जेठ २०७९ सम्म कोषको सदस्य सचिव रहेका ढकालले पदीय दुरुपयोग गरी अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सदस्यसचिवका रूपमा ढकालको चार वर्षीय कार्यकाल २०७८ साउनमा पूरा भएको थियो।


