काठमाडौँ: अमेरिका इरान युद्ध सुरु भएको छ महिनाभन्दा बढी समय बितिसक्दा पनि होर्मुज जलमार्गमा कच्चा तेललगायत अन्य सामान ढुवानी यातायात अवरुद्ध छ।
कच्चा तेलको मूल्य फेरि एक पटक ब्यारेलको १०० डलर नजिक पुगेको छ। द्वन्द्वको सातौं महिनाको सुरुवातमा अमेरिका र इरान गतिरोधमा छन्। तर, इरानमाथि अमेरिकी आर्थिक दबाब तीव्र भएको छ।
जबकि, अन्य फारसी खाडी उत्पादकहरूबाट तेलको प्रवाह युद्धपूर्वको स्तरको लगभग दुई तिहाइमा पुनः फर्किएको अनुमान गरिएको छ। जसमा प्रायः अँध्यारो ट्रान्जिट र होर्मुजको जलडमरूम बाहिर जहाजदेखि जहाज स्थानान्तरणका लागि सटल सिपिङ रहेको छ।
अमेरिकी अपरेसन इकोनोमिक आउटकास्ट र अमेरिकी नाकाबन्दीबाट इरानमाथिको दबाबले तेहरानको तेलबाट हुने आम्दानीलाई दबाउँदै छ र इरानी शासकका लागि सबैभन्दा महत्वपूर्ण आम्दानी घटाइरहेको छ।
इरानमा आर्थिक पीडा तीव्र हुँदै जाँदा विश्लेषकहरूले तेहरानले आफ्नो सबैभन्दा महत्वपूर्ण आम्दानीको पतन कति समयसम्म सहन सक्छ भन्ने प्रश्न गर्न थालेका छन्।
विचारहरू फरक फरक छन्। कोही भन्छन् इरानमा आर्थिक दबाब र पीडा यति गम्भीर भएको छ कि होर्मुजको जलडमरूमाथि इरानको नियन्त्रणको लाभ टुट्दै गइरहेको छ।
विशेषगरी इरानमा आर्थिक दबाब विश्वव्यापी र अमेरिकी अर्थतन्त्रमा पीडा भन्दा तीव्र देखिन्छ। जुन उसले होर्मुजको जलडमरूम बन्द गरेर ल्याउन खोजेको थियो।
अमेरिकी नाकाबन्दीले इरानी तेल प्रवाहलाई गम्भीर असर गरिरहेको उल्लेख गर्दै इरानी विश्लेषक अरश अजीजीले रोयटर्सलाई भने ‘शक्ति सन्तुलन इरानको विरुद्धमा अलि झुकेको छ।’
अन्य विश्लेषकहरू भन्छन् कट्टरपन्थीहरू र इस्लामिक क्रान्तिकारी गार्ड कोप्र्सले नोभेम्बरमा हुने मध्यावधि चुनावको दुई महिना अगाडि अमेरिकी प्रशासनलाई आर्थिक पीडा र दबाब दिने लाभ उनीहरूसँग छ भन्ने विश्वास गरेका छन्।
इरानी तेल निर्यात भारी गिरावट
तीन हप्ताको राहतपछि जुलाईको मध्यमा पुनःस्थापित गरिएको अमेरिकी नाकाबन्दीले इरानको तेल निर्यात र तेलबाट हुने आम्दानी कटौती गरिरहेको छ।
जुन र जुलाईको सुरुमा तीन हप्ताको अवधिमा इरानले होर्मुज हुँदै सार्न सफल भएको परिमाणहरू तैरने भण्डारणबाट द्रुत गतिमा घट्दै गइरहेका छन्। जबकि, जुलाईको मध्यदेखि कुनै पनि इरानी जहाज नाकाबन्दीबाट बाहिर निस्कन सफल भएको छैन।
सार्वजनिक रूपमा इरान अडिग छ र अमेरिकी नाकाबन्दीलाई चकित पार्ने उपायहरू फेला पार्ने दाबी गर्दछ। तर जहाज ट्रयाकिङ सेवाहरूले अनुमान गरेका छन कि इरानको तेल निर्यात अगस्टमा एक वर्ष अघिको तुलनामा घटेको छ।
समाचार संस्था सीएनबीसीद्धारा उद्धृत गरिएको व्यापार फर्म केप्लरको तथ्यांकअनुसार, इरानले अगस्टमा आफ्ना बन्दरगाहहरूमा निर्यातको लागि प्रति दिन २ लाख ६० हजार ब्यारेल लोड गर्न सफल भएको थियो। जुन अगस्ट २०२५ मा लोड गरिएको १७ लाख ब्यारेलको तुलनामा ८० प्रतिशत गिरावट हो।
जुलाई २०२६ मा लगभग दैनिक सात लाख ४० हजार ब्यारेलको तुलनामा अगस्टको लोडिङ पनि आधाभन्दा बढी घटेको छ।
यद्यपि, लोडिङको अर्थ कार्गोहरू अमेरिकी नाकाबन्दीभन्दा बाहिर सरेको होइन। विभिन्न अनुमानहरूले गत महिना फारसी खाडीबाट इरानी तेलको प्रवाह शून्यमा झरेको बताएका छन्।
केप्लर र भोर्टेक्सा र ट्यांकर ट्रयाकर्स डटकम लगायतका अन्य जहाज ट्रयाकिङ सेवाहरूले पुनस्र्थापित नाकाबन्दी इरानी तेल निर्यात र तेल राजस्वलाई कमजोर बनाउन धेरै प्रभावकारी भएको बताएका छन्।
ट्यांक र ट्रर्याकर्स डटकमले गत हप्ता भनेको थियो कि यसको अनुमानले जनवरी र फेब्रुअरी २०२६ को युद्धपूर्व आधारभूत रेखाको तुलनामा अगस्ट २०२६ मा इरानको तेल निर्यात १०० प्रतिशत घटेको देखाएको छ।
गम्भीर आर्थिक पीडामा इरान
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्यूजलाई भने ‘यो विश्वको इतिहासमा सबैभन्दा ठूलो आर्थिकरुपमा इरानलाई अलग बनाउने अपरेशन हो। हामी इरानको यो शासनलाई समाप्त गर्छौैं।’
‘नाकाबन्दी र अमेरिकी प्रतिबन्धहरूको संयोजन आर्थिक एक्लोपनको इतिहासमा सबैभन्दा शक्तिशाली एक दुई मुक्काहरू मध्ये एक हो’ अमेरिकी अधिकारीले थपे।
आर्थिक पीडाको बावजुद इरान सार्वजनिक रूपमा अवज्ञाकारी रहँदै आएको छ। उसले प्रत्येक अमेरिकी हमलाको बदला लिने वाचा गर्दछ। धेरै विश्लेषकहरूले वर्तमान शासकले आत्मसमर्पण गर्नेछ भन्ने शंका गर्छन्।
पूर्वअमेरिकी वार्ताकार डेनिस रसले रोयटर्ससँग कुरा गर्दै भने ‘इरानीहरूले आफ्नो लचिलोपनको सन्दर्भमा हामीलाई निरन्तर आश्चर्यचकित पारेका छन्।’
सप्ताहन्तमा इरानी ट्यांकरहरूमा अमेरिकी आक्रमण पछि सन् १९८० को दशकको इरान इराक युद्धमा आइरआजीसीको नेतृत्व गर्ने र अहिले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका नयाँ सचिव मोहसेन रेजाईले भने हालैका दिनहरूमा वासिङटनले इरानको नयाँ क्षेप्यास्त्रहरूबाट स्पष्ट चेतावनी प्राप्त गरेको छ।
आर्थिक युद्धको सामना फारसी खाडी पारि नाकाबन्दी परिधिसम्म समुद्री बहिष्कार क्षेत्रले गर्नेछ। अमेरिकी युद्धपोत र आधारहरू तर्फको सञ्चालन पुनः क्यालिब्रेट गरिएको छ।
खाडीका अधिकारीहरूले यस हप्ता वाल स्ट्रिट जर्नललाई बताएअनुसार इरानले तीव्र आर्थिक दबाबको सामना गर्ने संकेत कमै छ।
इरानले आफ्ना सहयोगीहरू यमनका हुथीहरूलाई थप हतियार र गुप्तचर सहयोग प्रदान गर्न पनि कदम चालेको छ। जसले लाल सागर र बाब अल मन्डेब जलमार्गहरुमा साउदी ढुवानीलाई लक्षित गरेका छन्।
होर्मुज अवरोधको आर्थिक परिणाम अमेरिकी इन्धनको मूल्यमा पनि स्पष्ट छ। डिजेल भर्खरै रेकर्ड उच्च विन्दुमा पुगेको छ। जबकि, पेट्रोलको मूल्य प्रति ग्यालन ४४ भन्दा बढी थियो।
अमेरिकी प्रशासनले मध्यावधि अवधिभन्दा दुई महिना अगाडि मूल्य वृद्धि र रेकर्ड इन्धनको मूल्यलाई कम गर्न खोजेको छ। यो केवल अस्थायी हो र इरानलाई कहिले आणविक हतियार राख्न नदिने कारणको लागि लायक छ। अमेरिकाले युद्ध जितेपछि कच्चा तेलको मूल्य घट्ने अमेरिकाको विश्लेषण हो।
इरानको तेल राजस्व घट्दै जाँदा आर्थिक पीडा झन बढ्दै गइरहेको छ। ‘अब धेरै कुरा इरानी शासनले आफ्नो सैन्य र भूराजनीतिक उद्देश्यहरू प्राप्त गर्न कति आर्थिक पीडा सहन तयार छ भन्ने कुरामा निर्भर गर्नेछ’ क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री हमद हुसेनले भने।
(आयल प्राइस डटकमको सहयोगमा)


