२०८३ कार्तिक १२ गते बुधबार

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक, मंसिरमा प्रर्दशनमा आउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
jalaki

काठमाडौं। ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ। कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो। सिनेमाकी उनी मुख्य अभिनेत्री मध्येकी एक हुन्। पोस्टरमा उनी मगरहरुको संस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोच मग्न देखिएकी छन्।

साहाराले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन्। ‘जलाकी’ मा ‘ओपन माइन्डेड’, आधुनिक सोच भएकी, राम्रो पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिकामा छिन्। निर्माण टिमका अनुसार सिनेमामा उनी पोखराकी सफल, स्वतन्त्र व्यवसायी एक महिलाको छोरीको पात्रमा देखिनेछिन्।

सिक्किमकी साहारा मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२की विजेता हुन्। उनले मिस टिन यूनिभर्स २०२२ प्रतिस्पर्धा गरेकी थिइन्। साथै मिस बेस्ट र्‍याम्पवाक सिक्किम, मिस कन्जेनियालिटी इन्डिया, अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरी र मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन्।

मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी उनी ‘जलाकी’मा अडिसनमार्फत् छनोट भएकी हुन्। सिनेमा जलाकीको यात्रा अलि डिफिकल्ट र डिफरेन्ट रहेको उनले बताइन्। सिनेमा सुटिङकै क्रममा उनले जीवनको सबैभन्दा कठिन क्षण गुजारिन्।

सिनेमा छायांकनकै क्रममा रहँदा कार दुर्घटनामा उनको बुबाको निधन भयो। सिनेमा छायांकनका लागि काठमाडौं आउनु अघि उनले बाबालाई भेटेकी थिइन्। त्यो नै उनको अन्तिम भेट बन्यो।

बुबाले भनेको कुरा सम्झिँदै उनले भनिन्, ‘मैले जलाकीमा काम गर्ने फाइनल भएपछि सुरुमा बाबालाई भनेकी थिए। उहाँ एकदमै खुसी हुनुभएको थियो। बाबाले अर्को पटक तिमी अभिनेत्री भएर फर्किन्छौ, म तिमीलाई यही बाटोमा खादा लिएर स्वागत गर्न आउने छु भन्नुभएको थियो तर त्यो सपना अधुरै रह्यो।’

बुबाको अन्तिम बिदाइ सकेर ४ दिनमै उनी पुनः सुटिङमा फर्किइन्। ‘मलाई सिल्भर स्क्रिनमा हेर्ने सपना मेरो भन्दा पनि ठूलो बुबाको सपना थियो। ‘म बुबाको सपना अधुरो रहोस् भन्ने चाहान्थेँ। त्यसैले छिटै काममा फर्किहालेँ’, उनले थपिन्, ‘ममी र दिदीले पनि बाबाको सपना पूरा गर जाउ भनेर थप हौसला र हिम्मत दिनुभयो। उहाँहरूकै हिम्मतले फर्केर सुटिङ गर्न सकेँ।’

साहाराका अनुसार उनलाई सिनेमा क्षेत्रमा आउन परिवार र समाजसँग लडेर सबैभन्दा बढी साथ दिने व्यक्ति उनका बुबा नै थिए। उनले बुबाको सपना पूरा गर्न नै आफ्नो कामलाई निरन्तरता दिएकी हुन्।

सुटिङको समय सम्झिँदै उनले भनिन्, ‘म सुटिङ गर्ने अवस्थामा थिइनँ। रातभर निन्द्रा लाग्दैन थियो। रातभर टोलाएर बस्थेँ। बिहान ४ बजे प्रोडक्सन टिमको फोन आउँदा झस्किन्थेँ। अनि यत्तिकैमा सुटिङमा जान्थे। तर, कसैलाई भनिनँ। मनमा क्यामेरामा नसुतेकोजस्तो नदेखियोस् भन्ने डर भैरहन्थो। त्यतिबेला बाबाकै सपना पूरा गर्नुपर्छ भन्ने भावनाले झन् बलियो बनायो।’

उनको लागि ‘जलाकी’ड्रिम प्रोजेक्ट हो। यो सिनेमाको लागि आफूले निकै मेहनत गरेकोले सिनेमा प्रदर्शनको समयलाई लिएर एकदमै उत्साहित रहेको उनले बताइन्।

साथै उनलाई निर्देशक अशोक थापा मगरकै कारण डेब्यु सिनेमामा काम गर्न थप सहज भयो। ‘उहाँ (अशोक थापा मगर) निर्देशक नहुनु भएको भए यो यात्रा यति सहज हुने थिएन। उहाँले मलाई एउटा आउटसाइडर, डेब्यु एक्टरजस्तो ट्रिट नै गर्नुभएन’, निर्देशक मगरको खुलेरै प्रशंसा गर्दै उनले भनिन्, ‘उहाँले मलाई आफ्नै छोरीजस्तो गरेर गाइड गर्नुभयो । मेरो यात्राको सबैभन्दा ठूलो क्रेडिट उहाँलाई नै जान्छ।’

त्यस्तै, सिनेमाका छायांकार शैलेन्द्र डी कार्कीले पनि आफूलाई निकै सहयोग गरेको उनले सुनाइन्। सबै निर्माण टिम सहयोगी र एक परिवारजस्तै भएकोले काम गर्न सहज भएको उनले सुनाइन्।

यसरी डेब्यु सिनेमा नै आफ्नो लागि एक अविष्मरणीय पल बनेको उनले बताइन्। ‘यो यात्रा मेरो लागि चाहेर पनि बिर्सन नसक्ने बनेको छ’, उनले भनिन्।

साथै, सिनेमाको कथाले आफूलाई निकै आकर्षित गरेकोले पनि काम गर्न केही सहज भएको उनको भनाइ छ। ‘जलाकीमा मैले अभिनय गरेको चरित्र व्यक्तिगत जीवनमा पनि एकदमै कनेक्ट गर्न सकेँ। म मात्र नभएर वान साइडेट लभर सबैले कनेक्ट गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ।’

‘जलाकी’को प्रोडक्सन हाउससँग जोडिन पाउनु नै उनको लागि ठूलो कुरा हो। ‘जलाकी अघि मैले धेरै प्रोजेक्टको गुमाए। तर पछुतो छैन। जलाकीबाट सन्तुष्ट छु’, उनले भनिन्।

‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ। सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको हो।

सिनेमामा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरको अभिनय रहेको छ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

शैलेन्द्र डी कार्कीले छायांकन गरेको सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ।

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार ११:३३
प्रतिक्रिया

थप समाचार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...

१५ वर्षपछि दशैँ गीतमा सुरेश अधिकारीको ‘कमब्याक’, चल्ला पुरानै जादु?

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना