२०८३ कार्तिक १२ गते बुधबार

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको ‘शिव ताण्डव’ सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ५
SHIVA TANDAV RELEASE 2

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महांघकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा रहेको ‘शिव ताण्डव’ सार्वजनिक भएको छ। राणाको प्रस्तुतिमा राणा र सरस्वती खत्रीको स्वर रहेको उक्त स्तोत्रमा सुरसुधा सुरेन्द्रको संगीत संयोजन रहेको छ। पाटनमा आइतबार साँझ आयोजित विशेष समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिव ताण्डवको औपचारिक विमोचन गरे।

कार्यक्रममा राणाले शिव ताण्डवलाई भगवान् शिवप्रति समर्पित सांगीतिक अर्पणका रूपमा प्रस्तुत गरेको बताइन्। हालैको बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नेपाली तथा भारतीय नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गरिन्। ‘शिव ताण्डव केवल एउटा सांगीतिक प्रस्तुति होइन, भगवान् शिवप्रति समर्पित एउटा विनम्र प्रार्थना हो। नेपालले अहिले भोगिरहेको पीडाका बीच यो सिर्जना आशा, शक्ति र शान्तिको सन्देश बनोस् भन्ने हाम्रो चाहना हो,’ राणाले भनिन्।

राणाका अनुसार शिव ताण्डव साउनमै सार्वजनिक गर्ने योजना थियो। तर, त्यस समयमा सम्भव नभएको र अहिले नेपालले ठूलो प्राकृतिक विपत्तिको सामना गरिरहेको अवस्थामा यो सिर्जना सार्वजनिक हुनुलाई उनले विशेष अर्थका रूपमा लिएकी छन्। ‘हामीले शिव ताण्डव साउनमै सार्वजनिक गर्ने योजना बनाएका थियौँ, तर त्यो सम्भव भएन। अहिले पछाडि फर्केर हेर्दा, सायद यो दैवी समयको प्रतीक्षा रहेछ जस्तो लाग्छ,’ उनले बताइन्।

राणाले शिव ताण्डवले नेपाल र भारतबीचको शताब्दीयौँ पुरानो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिव ताण्डवले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। भारतीय दूतावासको सुरसुधा र सरस्वती खत्रीसँग लामो समयदेखिको सहकार्य रहेको उल्लेख गर्दै उनले गान्धी जयन्ती तथा लुम्बिनीमा आयोजना हुँदै आएका नेपाल-भारत सांस्कृतिक कार्यक्रममा उनीहरूले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

राजदूत श्रीवास्तवले भवानी राणाको व्यावसायिक तथा सांस्कृतिक योगदानको समेत प्रशंसा गरे। सफल व्यवसायी तथा एफएनसीसीआईकी पूर्वअध्यक्षका रूपमा आफूले राणालाई चिनेको उल्लेख गर्दै उनले नेपाल–भारतबीचको आर्थिक साझेदारीलाई अघि बढाउन राणाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। राणाको बहुप्रतिभाशाली व्यक्तित्वको चर्चा गर्दै उनले आगामी दिनमा पनि यस्ता सांगीतिक सिर्जना प्रस्तुत हुने अपेक्षा व्यक्त गरे।

नेपाल र भारतबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धको चर्चा गर्दै राजदूत श्रीवास्तवले काठमाडौँ र वाराणसीलाई सांस्कृतिक रूपमा एकअर्कासँग जोडिएका सहरका रूपमा व्याख्या गरे। ‘काठमाडौँ भगवान् पशुपतिनाथको सहर हो भने वाराणसी काशी विश्वनाथको सहर हो। यी दुई सहरलाई सांस्कृतिक रूपमा एकअर्काका सहोदर सहरका रूपमा हेर्न सकिन्छ,’ उनले भने। काशी विश्वनाथमा नेपाली मन्दिर तथा पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी रहने परम्पराले दुई देशबीचको सम्बन्धको गहिराइलाई प्रतिबिम्बित गर्ने उनको भनाइ थियो।

शिव ताण्डवको भिडियो बिकासाले निर्देशन गरेका हुन् भने समन्वय चक्रबहादुर चन्दले गरेका हुन्। सम्पादन शिलन लम्सालको रहेको छ। भिडियोमा भवानी राणा र सरस्वती खत्रीले नै अभिनय गरेका छन्। कार्यक्रममा भिडियो प्रदर्शनसमेत गरिएको थियो। कार्यक्रममा अभिनेत्री श्वेता खड्का, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू उपेन्द्र महतो, रविभक्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २०८३ असोज ५ गते सोमबार ०६:११
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना