२०८३ कार्तिक १२ गते बुधबार

अमेरिकाको डेल्टा विश्वकै सबैभन्दा बढी आम्दानी गर्ने एयरलाइन्स, कमायो ६८ अर्ब डलर बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ७
delta

विश्वमा सबैभन्दा बढी कमाउने वायुसेवा कम्पनीहरूमा पहिलो स्थानमा अमेरिकाको डेल्टा एयरलाइन्स भएको छ। एक वर्षमा डेल्टा एयरलाइन्सको कुल आम्दानी ६८ अर्ब ३० करोड डलर पुगेको छ।

कोरोना महामारीयता डेल्टाले निरन्तर रूपमा सबैभन्दा बढी आम्दानी गर्दै आएको छ। सन् १९२५ मा स्थापित एटलान्टामा मुख्य कार्यालय रहेको डेल्टा एयरलाइन्स विश्वभरको सबैभन्दा मूल्यवान वायुसेवा कम्पनी पनि हो।

दोस्रो स्थानमा अमेरिकाकै युनाइटेड एयरलाइन्स रहेको छ। युनाइटेडले एक वर्षमा ६२ अर्ब ९० करोड डलर आम्दानी गरेको छ। यसैगरी तेस्रो स्थानमा रहेको अमेरिकन एयरलाइन्सले ५६ अर्ब डलर आम्दानी गरेको छ। तीन अमेरिकी एयरलाइन्स कम्पनीले मात्र १ खर्ब ८७ अर्ब डलर आम्दानी गरेका छन्।

चौथो स्थानमा जर्मनीको लुफ्थान्सा एयरलाइन्स रहेको छ। लुफ्थान्साले ४७ अर्ब १० करोड आम्दानी गरेको छ भने पाँचौँ स्थानमा इन्टरनेसनल कन्सोलिडियट एयरलाइन्सले ३९ अर्ब १० करोड कमाएको छ। यसैगरी, एयर फ्रान्सको ३६ अर्ब, अमेरिकाको साउथ वेस्ट एयरलाइन्सले २८ अर्ब ९० करोड डलर कमाएको छ।

आठौँ स्थानमा चाइना साउर्दन एयरलाइन्स भएको छ। साउर्दनले २५ अर्ब ३० करोड डलर कमाउँदा नवौँ स्थानमा एयर चाइनाको आम्दानी २३ अर्ब ६० करोड पुगेको छ। १० औँ स्थानमा चाइना इस्टर्न एयरलाइन्सको कमाइ १९ अर्ब ४० करोड डलर रहेको छ।

कोरियन एयरलाइन्सको १७ अर्ब ८० करोड, सिङ्गापुर एयरलाइन्सको १६ अर्ब, अष्ट्रेलियाको क्वान्टास एयरवेजको १५ अर्ब ४० करोड, हङकङको क्याथे प्यासिफिकको १५ अर्ब, जापान एयरलाइन्सको ११ अर्ब ७० करोड र जेट ब्लु एयरको ९ अर्ब २० करोड कारोबारसहित २५ औँ स्थानमा छ।

शिकागोमा मुख्यालय रहेको युनाइटेड १९३१ मा स्थापना भएको हो। युनाइटेड एयरलाइन्स विश्वको सबैभन्दा ठूलो एयरलाइन गठबन्धन स्टार एलायन्सको संस्थापक सदस्य हो।

युरोपका सबैभन्दा ठूला परम्परागत एयरलाइन्स समूहहरूमा लुफ्थान्सा, अन्तर्राष्ट्रिय एयरलाइन्स समूह (आईएजी) र एयर फ्रान्स केएलएम समावेश छन्। तीनमध्ये दुई राष्ट्रिय ध्वजावाहकहरूको प्रमुख विलयबाट गठन भएका थिए।

एयर फ्रान्स केएलएम ३६ अर्ब डलरमा फ्रान्सेली र डच ध्वजावाहकहरूको संयोजनबाट सिर्जना गरिएको थियो। अन्तर्राष्ट्रिय एयरलाइन्स समूह ३९ अर्ब डलरमा सन् २०११ मा स्पेनको इबेरिया र बेलायतको ब्रिटिश एयरवेजको विलयबाट आएको हो। आईएजीले त्यसपछि एयर लिङ्गस र भुलिङलगायतका एयरलाइन्सहरू थपेको छ।

जर्मनीको ध्वजावाहक लुफ्थान्सा ४७ अर्ब डलरले आईएजी र एयर फ्रान्स केएलएम दुवैभन्दा बढी वार्षिक व्यापार गर्छ। युरोपमा पनि एक महत्त्वपूर्ण कम लागतको एयरलाइन्स बजार छ। जसको नेतृत्व आयरल्यान्डको रायन एयरले १८.२ अर्ब डलर व्यापार गरेको छ।

टेक्सासमा आधारित अमेरिकन एयरलाइन्स यात्रु ट्राफिक र उडान गतिविधिको हिसाबले विश्वको सबैभन्दा ठूलो वाहकहरू मध्ये एक हो। यसका बावजुद वार्षिक आम्दानी यस श्रेणीमा डेल्टा र युनाइटेड दुवैभन्दा पछि रहेको छ। अमेरिकी बिग थ्रीभन्दा बाहिर अत्यधिक सक्रिय छ साउथवेस्ट एयरलाइन्स। यात्राका लागि सबैभन्दा व्यस्त वर्ष बनेको छ।

एसियाको नेतृत्व गर्दै चिनियाँ एयरलाइन्स

चाइना साउदर्न २५.३ अर्ब, एयर चाइना २३.६ अर्ब र चाइना इस्टर्न १९.४ अर्ब डलर आम्दानीसहित एसियामा सबैभन्दा धेरै कमाउने वायुसेवा कम्पनी हुन्।

एयर चाइनाको विशेष गरी बलियो अन्तर्राष्ट्रिय र लामो दूरीको नेटवर्क छ। जबकि, चाइना साउर्दन फ्लीट आकार र यात्रु संख्याको हिसाबले यस क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्समध्ये एक हो। चाइना इस्टर्नले व्यापक घरेलु र अन्तर्राष्ट्रिय नेटवर्क पनि सञ्चालन गर्दछ।

एयर चाइना स्टार एलायन्सको हिस्सा हो। जबकि, चाइना इस्टर्न स्काईटीमको सदस्य हो।

(भिजुअल क्यापिटलिस्टको सहयोगमा)

प्रकाशित: २०८३ असोज ७ गते बुधबार ०७:५५
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना