२०८३ कार्तिक १४ गते शुक्रबार

किसानबाट १० हजार टन धान किन्दै आरजु राइस मिल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ७
arju_rice

काठमाडौं। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ। प्रस्तावित खरिदको मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ।

कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै सर्लाही र रौतहटका किसानबाट सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका आधारमा धान खरिद गर्ने प्रस्ताव अघि सारेका हुन्।

कम्पनीका अनुसार किसानलाई बजारसँग प्रत्यक्ष जोड्ने उद्देश्यले धान संकलन, ढुवानी, गुणस्तर परीक्षण र खरिद प्रक्रियालाई एकीकृत रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ। आरजु राइस मिलले किसानले न्यूनतम समर्थन मूल्यको वास्तविक लाभ लिन धान खरिद केन्द्र वा मिलसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चमा प्रदेश सरकारबाट सहजीकरण आवश्यक रहेको जनाएको छ।

उत्पादनको होइन उधारोको संकट, आरजु राइस मिलका अध्यक्ष वीरेन्द्र बस्नेतले मागे उद्यारो उठाउने कानुन

प्रदेश सरकार, स्थानीय तह, कृषि कार्यालय, किसान समूह र सहकारीसँग समन्वय गरेर संकलन र ढुवानी व्यवस्थापन गर्न सके किसानको लागत घट्ने कम्पनीको भनाइ छ। कम्पनीले २० प्रतिशत चिस्यान र पाँच प्रतिशतसम्म भुस भएको मसिनो धानका लागि प्रति क्विन्टल ३ हजार ५ सय रुपैयाँ मूल्य प्रस्ताव गरेको छ।

चिस्यान २० प्रतिशतभन्दा कम भए प्रत्येक एक प्रतिशत कमीमा १.२ किलोग्राम बराबरको मूल्य थपिने र भुस कम भए पनि अतिरिक्त मूल्य समायोजन हुने व्यवस्था प्रस्ताव गरिएको छ।

कृषिलाई उद्योगमा रुपान्तरण गर्दै आरजु राइस मिल, भण्डार क्षमता बढाउन तेस्रो भकारी

कम्पनीका अनुसार १४ प्रतिशत चिस्यान र भुसरहित धानको मूल्य प्रति क्विन्टल ३ हजार ९ सय ६२ रुपैयाँ पुग्न सक्छ। कम्पनीले न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्यान्वयन भए स्थानीय व्यापारीले अत्यन्त कम मूल्यमा धान खरिद गर्ने प्रवृत्तिमा कमी आउन सक्ने जनाएको छ।

किसानलाई निश्चित बजार, उचित मूल्य, बिचौलियामाथिको कम निर्भरता तथा कटानीपछिको नोक्सानी घटाउने उद्देश्यले यो पहल अघि बढाइएको कम्पनीको दाबी छ। साथै, किसानलाई दीर्घकालीन रूपमा चामल उद्योगसँग साझेदार बनाउने लक्ष्यसमेत रहेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: २०८३ असोज ७ गते बुधबार ०२:२९
प्रतिक्रिया

थप समाचार

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना