काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको रु चार हजार ६५० कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य रु चार हजार ८१५ कायम भएको थियो।


