२०८३ कार्तिक १४ गते शुक्रबार

उच्च आर्थिक वृद्धिका लागि उत्पादकत्व बढाउनुपर्छः डा. भट्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ११
gunakar_bhatta

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताएका छन्।

नेपाल प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको ४४औँ वार्षिकोत्सव तथा कर्मचारी पुनर्मिलन कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले अनुसन्धान तथा विकास, ज्ञानको आदान–प्रदान र नवप्रवर्तनले मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले भने, ‘रिसर्च एन्ड डेभलपमेन्टबाट विभिन्न मुलुकहरूले यति प्रतिशत आर्थिक वृद्धि हासिल गरिरहेका छन्। त्यसमा नलेज सेयरिङ र इनोभेसनको कुरा महत्वपूर्ण छ। प्रोडक्सन मात्रै नभएर प्रोडक्टिभिटी त्यत्तिकै महत्त्वपूर्ण छ र त्यो प्रोडक्टिभिटीको माध्यमबाट हुने प्रोडक्सन अलिकति दिगो हुन्छ।’

भट्टले विश्व अर्थतन्त्रमा अमेरिकाको नेतृत्वको पछाडि अनुसन्धान तथा विकास र नवप्रवर्तनमा गरिएको लगानी महत्वपूर्ण रहेको बताए।

उनले भने, ‘आज संसारभरमा अमेरिकाले किन इकोनोमीलाई लिड गरिरहेको छ, इन्जिन अफ दि ग्लोबल ग्रोथ भनेर भनिरहेको छ भन्दा रिसर्च एन्ड डेभलपमेन्टमा भएको लगानी नै हो। उनीहरूले नवप्रवर्तनमा गरेको लगानी त्यत्तिकै महत्त्वपूर्ण देखिएको छ।’
उनले राज्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा सम्मानित व्यक्तित्व पूर्वसचि राजन खनालसँगको सहकार्यको प्रसङ्गसमेत उल्लेख गर्दै भट्टले मौद्रिक नीति निर्माणका क्रममा आफूहरूबीच भएको छलफल स्मरण गरे।

भट्टले बैंकहरूलाई अनिवार्य रूपमा डिबेन्चर जारी गर्न दिने व्यवस्था ल्याउँदा सुरुवाती चरणमा विरोध भए पनि त्यसको दीर्घकालीन लाभ वित्तीय प्रणाली र अर्थतन्त्रले प्राप्त गरेको बताए।

उनले नीतिगत व्यवस्था ल्याउँदा तत्कालको प्रतिक्रिया मात्र नभई दीर्घकालीन प्रभावसमेत हेर्नुपर्ने बताए ।

भट्टले बैंकहरूको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम सबै प्रदेशमा खर्च गर्ने व्यवस्था ल्याउन आफूले पहल गरेको पनि बताए।

उनका अनुसार सीएसआरको रकम प्रदेश–प्रदेशमा खर्च हुँदा समाजको उत्थान, गरिबी न्यूनीकरण, वित्तीय साक्षरता र जनचेतना अभिवृद्धिमा समेत सहयोग पुगेको छ।

प्रकाशित: २०८३ असोज ११ गते आईतबार ०३:५९
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना