२०८३ कार्तिक १४ गते शुक्रबार

हिमालमा अथाह सम्भावना छ, पूर्वाधार र कनेक्टिभिटी कमजोर हुँदा लाभ लिन सकिएन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ११
fur_glaygen0

काठमाडौँ: नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्यन्तै ठूलो भए पनि आवश्यक पूर्वाधार, कनेक्टिभिटी र प्रभावकारी प्रवर्द्धनको अभावमा त्यसबाट अपेक्षित लाभ लिन नसकिएको बताएका छन्।

हरेक वर्ष हिमाल आरोहण, पदयात्रा, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य तथा संस्कृति अवलोकनका लागि ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको भए पनि तर हिमाली सम्पदाको तुलनामा पर्यटकको संख्या अझै न्यून रहेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले नेपालको पर्यटनको सबैभन्दा ठूलो आधार नै पर्वतीय पर्यटन भएको बताए।

उनले भने, ‘पर्वतीय पर्यटन नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा हो। हिमाल हेर्न आउने, हिमाल चढ्न आउने, कि हिमालको छेउमा गएर हिउँलाई छोएर अनुभव गर्न आउने चाहनेहरु विश्वभर छन्।’

शेर्पाका अनुसार पूर्वमा कञ्चनजङ्घादेखि मकालु, ल्होत्से, सगरमाथा, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरी हुँदै सुदूरपश्चिमको अपी र सैपालसम्म नेपालसँग ठूलो हिमाली सम्पदा छ। तर, यही अनुपातमा पर्वतीय क्षेत्रमा पर्यटक पुग्न नसकेको उनको भनाइ छ।

‘पर्वत यति धेरै हुँदाहुँदै पनि पर्यटकको अनुपात लक्ष्यअनुसार छैन। वर्षेनी बढिरहेको त छ तर जुन अनुपातमा आउनुपर्ने हो, त्यो छैन। हामीले त्यसको प्रवर्द्धन गर्न नसकेको अवस्था हो,’ उनले भने।

सगरमाथा क्षेत्रमा वर्षमा करिब ६० हजार मात्र पर्यटक

अध्यक्ष शेर्पाले सगरमाथा क्षेत्रको सम्भावनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यहाँ आउने पर्यटकको संख्या तुलनात्मक रूपमा निकै कम रहेको बताए।

उनका अनुसार सगरमाथा क्षेत्रभित्र कोङ्दे, थामे, गोक्यो, एभरेस्टलगायतका छुट्टाछुट्टै आकर्षक क्षेत्र छन्। तर, यति ठूलो क्षेत्रले वर्षभरिमा करिब ६० हजार पर्यटक मात्र पुग्छन्।

उनले फ्रान्सको मोँ ब्लो हिमालको फेदीमा रहेको श्यामोनीसँग तुलना गर्दै नेपालले आफ्नो हिमाली क्षेत्रको सम्भावनालाई अझै पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताए।

‘श्यामोनी एउटा सानो गाउँजस्तै हो। त्यहाँ एक वर्षमा ५० देखि ६० लाख पर्यटक पुग्छन्। तर, सगरमाथाको यति ठूलो एरियामा एक वर्षमा ६० हजार पर्यटक आउँछन्। ६० हजार भनेको एकदम नगण्य हो,’ शेर्पाले भने।

नेपालको पर्वतीय पर्यटन विकासमा सबैभन्दा ठूलो समस्या कनेक्टिभिटी रहेको शेर्पाले बताए।

काठमाडौं र सगरमाथाबीचको दूरी धेरै नभए पनि मौसमका कारण हवाई सेवा प्रभावित हुने र सडकमार्फत जाँदा लामो समय लाग्ने भएकाले पर्यटकलाई हिमाली गन्तव्यसम्म सहज रूपमा पुर्याउन नसकिएको उनको भनाइ छ।

‘कनेक्टिभिटीको कुरा महत्वपूर्ण छ। विदेशबाट नेपाल आउने अनि सगरमाथासम्म जाने कनेक्टिभिटी प्रमुख कुरा हुन आउँछ। सिधा हेर्दा १५० देखि २०० किलोमिटर टाढा पनि छैन सगरमाथा तर मौसम बिग्रिँदा प्लेन जान सक्दैन, हेलिकप्टर पनि उड्न नसक्ने स्थिति हुन्छ। गाडीमा जानुपर्यो भने २०–२२ घण्टा लाग्छ,’ उनले भने।

उनका अनुसार हिमाली क्षेत्रमा पर्यटकलाई सहज रूपमा पुर्याउन सक्ने यातायात तथा पूर्वाधार विकास नगरेसम्म पर्वतीय पर्यटनको वास्तविक सम्भावना उपयोग गर्न कठिन हुन्छ।

शेर्पाले पर्वतीय पर्यटन विकास गर्दा वातावरण संरक्षणलाई भने प्राथमिकतामा राख्नुपर्ने बताए। हिमाल र हिमाली संस्कृति नै पर्यटक आकर्षित गर्ने प्रमुख आधार भएकाले यसको संरक्षणसँगै पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ छ।

‘हाम्रो वातावरण बिग्रियो, संस्कृति बिग्रियो भने विदेशीहरू आउँदैनन्। विदेशीहरू हेर्न आउने भनेको वातावरण र संस्कृति पनि हो। त्यसको संरक्षणको उत्तिकै आवश्यक छ। जसका कारण समानान्तर रूपमा पर्वतीय पर्यटन र पर्यटन व्यवसाय पनि बढाउँदै जाने हो,’ उनले भने।

उनले हिमाली क्षेत्रमा होटल तथा रिसोर्ट निर्माण गर्नै नहुने भन्ने नभई निश्चित मापदण्ड बनाएर वातावरणमैत्री संरचना निर्माण गर्नुपर्ने बताए।

सगरमाथा बेसक्याम्प र कालापत्थर क्षेत्रमा पर्यटक पुग्ने गरे पनि व्यवस्थित बसोबास, सरसफाइ तथा फोहोर व्यवस्थापनका पूर्वाधार पर्याप्त नभएको उनको भनाइ छ।

‘एभरेस्ट बेसक्याम्पमा जान्छन्, हिमाल हेर्छन्, पिसाब फेर्छन्, फर्किन्छन्। त्यो ठाउँ फोहोर फाल्ने ठाउँ होइन। त्यहाँ राम्रो रिसोर्ट गरेर दिसा–पिसाब र फोहोरमैला व्यवस्थापन गरेर त्यो ठाउँ सफा राख्नुपर्ने हो,’ शेर्पाले भने।

पर्वतीय पर्यटन रोजगारीको आधार

शेर्पाले पर्वतीय पर्यटनलाई रोजगारी सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा पनि प्रस्तुत गरे। हिमाल आरोहण तथा पदयात्राका लागि पर्यटक आएपछि गाइड, होटल, यातायात, एयरलाइन्स, स्थानीय उत्पादनदेखि अन्य धेरै क्षेत्रमा रोजगारी तथा व्यवसाय सिर्जना हुने उनको भनाइ छ।

‘पर्यटन व्यवसाय भनेको यस्तो व्यवसाय हो, यसले सबै क्षेत्रको लाइफलाई छुन्छ। काठमाडौंमा ल्यान्ड भएपछि एयरलाइन्स, गाडी र होटलले व्यापार पायो। होटलबाट खाद्य पदार्थ नेपालमै खपत हुन्छ। त्यसपछि पर्यटक गन्तव्यमा गएपछि त्यहाँका लज, होटल, टी–हाउस र पसल सबै चल्ने भयो,’ उनले भने।

उनका अनुसार पर्वतीय पर्यटनको विस्तारले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नेछ।

‘सबभन्दा ठूलो कुरा रोजगारी सिर्जना हो। यो देशको नागरिकलाई यो देशमा काम गरेर आफ्नो जीविका गर्ने अधिकार छ। त्यो अधिकार यो इन्डस्ट्रीले सुनिश्चित गराउनुपर्छ,’ शेर्पाले भने।

हिमालको संरक्षण र पर्यटन विकास सँगसँगै

शेर्पाले पर्वतीय पर्यटन विस्तारका क्रममा वातावरण संरक्षणलाई बेवास्ता गर्न नहुने बताए। हिमालमा बढिरहेको फोहोर व्यवस्थापन तथा आरोहणका क्रममा मृत्यु भएका आरोहीका शव व्यवस्थापनमा समेत नेपाल पर्वतारोहण संघले काम गरिरहेको उनले जानकारी दिए।

हिमाल सफाइका लागि लिइने ‘गार्बेज फी’लाई व्यवस्थित रूपमा परिचालन गरी हिमाल सफाइ, वातावरण संरक्षण तथा पर्वतीय क्षेत्रमा काम गर्ने श्रमिकको कल्याणका लागि छुट्टै कोष निर्माण गर्नुपर्ने उनको सुझाव छ।

नेपाल पर्वतारोहण संघले नेपालको पर्वतीय पर्यटन विकासका लागि हिमालको प्रोफाइल तयार गर्ने काम गर्दै आएको शेर्पाले बताए।

उनका अनुसार सरकारले हाल ४२३ वटा साना ठूला हिमालका लागि आरोहण अनुमति जारी गर्दै आएको छ। ती हिमालको रुट, बेसक्याम्प, भौगोलिक अवस्था लगायतका विवरणसहितको प्रोफाइल तयार गर्न संघले सहयोग गरेको उनले बताए।

‘सरकारले अहिले ४२३ वटा पिकको परमिट जारी गर्छ। ती सबै ४२३ वटा पिकको पिक प्रोफाइल नेपाल पर्वतारोहण संघले तयार पारेको हो,’ उनले भने।

त्यसबाहेक थप १०८ वटा हिमालको प्रोफाइल तयार गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।

स्पष्ट नीति आवश्यक

शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि राज्यले स्पष्ट नीति बनाएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए।

‘हामीलाई राज्यसँग सधैँ अनुरोध के छ भने स्पष्ट र राम्रो नीति बनाइदिनुपर्‍यो भनिरहेका छौं। सम्बन्धित गन्तब्यको विकास गर्न त्यहाँको वातावरण रसंरक्षणलाई संरक्षण गर्दै, समानान्तर रूपमा पर्यटनको विकास गर्ने किसिमको नीति बन्नुपर्यो,’ उनले भने।

उनका अनुसार राज्यले नीति बनाउने, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने र नियम कार्यान्वयन भए–नभएको अनुगमन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन सके युवालाई स्वदेशमै रोजगारी दिन सकिने र अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

‘नेपालमा हामी नेपालीले कोही विदेश जानु पर्दैन, यहीँ यो ठाउँमा यति ठूलो छ,’ शेर्पाले भने।

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्वतीय पर्यटनलाई नेपालको पर्यटन अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न पूर्वाधार, कनेक्टिभिटी, वातावरण संरक्षण, दक्ष जनशक्ति र स्पष्ट नीतिमा जोड दिनुपर्ने अध्यक्ष शेर्पाले बताए।

उच्च हिमाली क्षेत्र र सगरमाथा क्षेत्रमा गैर कानुनी क्रियाकलाप रोक्न सरकारले नै पहल गर्नुपर्ने पनि अध्यक्ष शेर्पाले सुझाव दिए। उनले सम्पर्क अधिकृतको भूमिका बढी जिम्मेवार हुने अर्थाए।

‘गैरकानुनी क्रियाकलापको विषय वा गलत कामको विषयलाई हामीले गलत नै भनेका छौं। यो कुरा संसदमा पनि उठेको छ, पर्यटन समिति र मन्त्रालयको विभिन्न छलफलमा उठेकै कुरा हो। त्यसमा हामीले स्पष्ट रुपमा सरकारलाई नियमन गर्न र कारवाही गर्न भनेका छौं,’ उनले अगाडि भने,‘ नियम–कानुन सबैभन्दा बढी कर्मचारी साथीहरूले नै बुझ्नुहुन्छ त्यसैले उहाँहरुको उपस्थिति हुनैपर्छ। त्यसमा मेरो सुझाव के हो भने सम्पर्क अधिकृतको जस्तै जिम्मेवारी आरोही साथीहरुले पनि पाउनुपर्छ। आधा हिस्सा आरोहीहरुको हुनुपर्छ।’

प्रकाशित: २०८३ असोज ११ गते आईतबार ०७:३६
प्रतिक्रिया

थप समाचार

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना