काठमाडौँ: नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ।
धनगढी उपमहानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिबाट भेस्पा र अप्रिलियाका सवारी उपलब्ध हुनेछन्।
भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ। असोज ९ गते विशेष कार्यक्रम बीच शोरुम उद्घाटन भएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले युवापुस्ताको रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरुप आज धनगढीमा नयाँ शोरुम विस्तार गरिएको बताए।
कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा विस्तार गर्दै गएको छ।


