काठमाडौँः आज मंगलबार सुनको मूल्य घटेको छ । सुन आज तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १ सय १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


