२०८३ कार्तिक १२ गते बुधबार

पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १४
flydubai

काठमाडौँः दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानले उडानका क्रममा आपत्कालीन संकेत पठाएपछि साउदी अरबको तबुक विमानस्थलमा अवतरण गरेको छ । विमानमा अपहरण भएको आशंका गरिए पनि पछि त्यसलाई अस्वीकार गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले विमानमा रहेका पाइलटबीच भएको विवादका कारण घटना भएको हुनसक्ने जनाएको छ । उडानका क्रममा विमानले सुरुमा अन्तर्राष्ट्रिय आपत्कालीन संकेत ‘स्क्वाक कोड ७७००’ पठाएको थियो । त्यसपछि विमानबाट ‘७५००’ संकेत पठाइएको थियो । उक्त संकेत विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भएको अवस्थामा प्रयोग गरिन्छ ।

७५०० संकेत प्राप्त भएपछि इजरायली वायुसेनाका लडाकु विमानहरू उक्त विमानतर्फ पठाइएको इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । करिब १८० यात्रु सवार विमान साउदी अरबको आकाशमा पुगेपछि आफ्नो मार्ग परिवर्तन गरी तबुक विमानस्थलतर्फ गएको थियो । त्यसपछि विमानलाई तबुक विमानस्थलनजिकै ट्र्याक गरिएको र अन्ततः त्यहीँ अवतरण गरिएको थियो ।

्इजरायली सेनाका अनुसार घटनाबारे सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले वरिष्ठ अधिकारीहरूसँग छलफल गरेका थिए । छलफलमा इजरायली वायुसेना प्रमुख मेजर जनरल ओमेर टिस्लर, अपरेसन निर्देशनालय प्रमुख मेजर जनरल इट्जिक कोहेन र इन्टेलिजेन्स निर्देशनालय प्रमुख मेजर जनरल श्लोमी बिन्डर सहभागी थिए । यसअघि इजरायली सुरक्षा अधिकारीहरूले विमान साउदी अरबमा अवतरण गरेपछि मात्रै घटनाबारे स्पष्ट जानकारी प्राप्त हुने बताएका थिए । आपत्कालीन संकेत पठाएपछि केही समय विमान उडान ट्र्याकिङ वेबसाइटबाट समेत हराएको थियो ।

इजरायली सञ्चारमाध्यमहरूले घटनाका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले आकस्मिक छलफल गरेको जनाएका छन् । यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहुले निर्वाचनअघि इजरायलका विरोधीहरूले आक्रमणको प्रयास गर्न सक्ने संकेत प्राप्त भएको बताएका छन् । तेल नोफस्थित इजरायली वायुसेनामा बोल्दै उनले त्यस्तो प्रयास नगर्न चेतावनी दिँदै इजरायलको सैन्य क्षमता आवश्यक परे जहाँसुकै र जुनसुकै समयमा प्रयोग हुनसक्ने बताएका थिए ।

उक्त घटनाबारे प्रारम्भिक विवरणमा विमानमा पाइलटबीचको विवादलाई सम्भावित कारणका रूपमा उल्लेख गरिएको भए पनि घटनाको पूर्ण विवरण सम्बन्धित अधिकारीहरूको थप अनुसन्धानपछि स्पष्ट हुने बताइएको छ । एएनआई

प्रकाशित: २०८३ असोज १४ गते बुधबार ०१:४८
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना