काठमाडौँ: होण्डाले गत भदौ १० भदौको विनासकारी बाढीबाट प्रभावितका लागि डेढ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रभावित समुदायको राहत तथा पुनर्स्थापनका लागि प्रधानमन्त्री दैवी कोषमा १ लाख अमेरिकी डलर (सोमबारको मूल्यअनुसार नेपाली १ करोड ५४ लाख ८९ हजार रुपैयाँ) सहयोग गरेको हो।
होण्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाई रेड क्रस सोसाइटीमार्फत उक्त सहयोग ्रदान गरेको हो।


