पोखरा: लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा आयोजना गरेको एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। असोज १५ देखि १८ गतेसम्म सञ्चालन भएको क्याम्पमा १०० भन्दा बढी व्यावसायिक सवारीसाधन सहभागी भएका छन्।
पोखरालाई केन्द्र बनाएर आयोजना गरिएको क्याम्पमा गोरखालगायत आसपासका क्षेत्रका ग्राहकले समेत आफ्ना एसएमएल महिन्द्राका सवारीसाधन ल्याएर सेवा लिएका थिए।
ग्राहकलाई नियमित सर्भिसिङका लागि प्रोत्साहित गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने तथा आवश्यक मर्मतसम्भारबारे जानकारी र प्राविधिक परामर्श दिने उद्देश्यले क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।
क्याम्पमा सहभागी ग्राहकलाई श्रम शुल्कमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट दिइएको थियो। साथै, सवारीसाधनको प्राविधिक जाँचसँगै ग्राहकका लागि विभिन्न उपहारको समेत व्यवस्था गरिएको थियो।
कम्पनीले व्यावसायिक सवारीसाधनमा आधुनिक प्रविधिको प्रयोग र नियमित मर्मतसम्भारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। विशेषगरी बीएस–६ उत्सर्जन मापदण्डअनुसारका सवारीसाधनमा नियमित सर्भिसिङ र प्राविधिक जाँचले इन्जिन तथा उत्सर्जन नियन्त्रण प्रणालीको प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने कम्पनीको भनाइ छ।
एसएमएल महिन्द्राका नयाँ पुस्ताका केही मोडेल तथा भेरियन्टमा विद्युतीय स्थिरता नियन्त्रण, उकालोमा सहज सुरुवात प्रणाली, बहुसूचना मिटर, गियर सञ्चालन मार्गदर्शन प्रणाली तथा शक्ति र आर्थिक ड्राइभिङ मोडजस्ता प्रविधि उपलब्ध छन्। यी प्रविधिले सवारी नियन्त्रण, उकालोमा सहज सुरुवात, चालकलाई आवश्यक सूचना उपलब्ध गराउने तथा ड्राइभिङ व्यवहार सुधारमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
नियमित सर्भिसिङअन्तर्गत समयमै लुब्रिकेन्ट परिवर्तन, फिल्टर तथा ब्रेकको जाँच, आवश्यक प्राविधिक निरीक्षण र उपयुक्त स्पेयर पार्ट्सको प्रयोगले सवारीको कार्यसम्पादन र विश्वसनीयता कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ।
पोखरा तथा गोरखालगायत क्षेत्रबाट १०० भन्दा बढी सवारीसाधनको सहभागिताले ग्राहकमा नियमित सर्भिसिङ तथा प्राविधिक मर्मतसम्भारप्रति चासो रहेको देखाएको कम्पनीले जनाएको छ। यस्ता क्याम्पले ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउनुका साथै बिक्रीपछिको सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।


