वर्ल्डलिंक कम्युनिकेसन्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा तीनदिने सीपमूलक तालिम सम्पन्न भएको हो। तालिममा छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५ जना महिलाको सहभागिता रहेको थियो।
तालिममा सहभागी महिलालाई तरल मल, फिनेल तथा हार्पिक तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिममार्फत महिलाको सीप विकाससँगै आयआर्जन र साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको वर्ल्डलिंकले जनाएको छ।
तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाको उपस्थिति रहेको थियो।
वर्ल्डलिंककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताइन्।
उनले महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु भएको उल्लेख गर्दै सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिने विश्वास व्यक्त गरिन्।


