२०८३ कार्तिक ११ गते मङ्गलबार

अमेरिकी श्रम भिसामा कडाइको संकेत, विदेशी कामदारमाथि निगरानी बढाउँदै ट्रम्प प्रशासन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
trump

काठमाडौं। अमेरिकी ट्रम्प प्रशासनले विदेशी श्रमिकसम्बन्धी भिसा प्रणालीमा थप कडाइ गर्ने तयारी गरेको संकेत दिएको छ । अमेरिकी श्रम विभागका महानिरीक्षक एन्थोनी डी’एस्पोसिटोले विदेशी श्रम भिसासम्बन्धी विषयमा ‘महत्वपूर्ण समय’ आउन लागेको भन्दै सामाजिक सञ्जालमार्फत विदेशी कामदारको भर्ती तथा भिसा प्रक्रियामा निगरानी बढाइने संकेत गरेका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा ‘विदेशी श्रम भिसाको मोर्चामा महत्त्वपूर्ण साता आउँदैछ’ भन्दै अमेरिकी रोजगारी र अमेरिकी कामदारलाई प्राथमिकता दिने बताएका छन् । यद्यपि उनले कुन भिसा कार्यक्रम, कम्पनी वा अनुसन्धानलाई लक्षित गरिएको हो भन्ने स्पष्ट पारेका छैनन्।

ट्रम्प प्रशासनले विशेषगरी एच–१बी भिसा प्रणालीमा कडाइ गर्दै आएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अक्टोबर २ मा एच–१बी प्रणालीलाई ‘पूर्ण रूपमा बिग्रिएको’ भन्दै आवश्यक परे यसको अन्त्य गर्न आफू समर्थक रहेको बताएका थिए।

भान्सले प्रविधि कम्पनी, लेखा फर्मलगायत व्यवसायले अमेरिकी कामदारको स्थानमा कम पारिश्रमिकमा विदेशी कामदार ल्याउन एच–१बी प्रणालीको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनका अनुसार उच्च दक्ष विदेशी जनशक्ति ल्याउनु र अमेरिकी कामदारभन्दा कम पारिश्रमिकमा विदेशी कामदार राख्नु फरक विषय हो।

यसैबीच, अमेरिकी प्रशासनले विदेशमा रहेका निश्चित एच–१बी आवेदकका लागि १ लाख अमेरिकी डलरको आर्थिक शुल्कसमेत लागू गरेको छ। उक्त शुल्क सन् २०२५ सेप्टेम्बरमा लागू गरिएको थियो भने सन् २०२६ सेप्टेम्बरमा यसको अवधि बढाएर २०२७ सेप्टेम्बर २१ सम्म पु¥याइएको छ। राष्ट्रिय हितसँग सम्बन्धित केही सीमित अवस्थामा भने छुटको व्यवस्था गरिएको छ।

प्रशासनले एच–१बी प्रणालीमा अन्य परिवर्तनसमेत गरेको छ। सेप्टेम्बर १८ मा जारी कार्यकारी निर्देशनले सम्बन्धित अमेरिकी कम्पनीले समान प्रकृतिका घरेलु कामदारलाई हटाएको वा हटाउने योजना बनाएको छ कि छैन भन्ने विषयमा विदेश, श्रम र होमल्यान्ड सेक्युरिटी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ।

त्यस्तै, श्रम विभागलाई यसअघि दर्ता गरिएका श्रम–सर्तसम्बन्धी आवेदनमा सम्भावित उल्लंघन भए÷नभएको जाँच गर्न निर्देशन दिइएको छ। एच–१बी छनोट प्रक्रियामा उच्च पारिश्रमिक भएका रोजगारीलाई प्राथमिकता दिने व्यवस्था पनि अघि सारिएको छ।

तर १ लाख डलरको एच–१बी शुल्कसम्बन्धी व्यवस्था भने कानुनी चुनौतीमा परेको छ । अक्टोबर १ मा संघीय न्यायिक अधिकारीले प्रशासनले आवश्यक प्रशासनिक प्रक्रिया पूरा नगरेको ठहर गर्दै उक्त शुल्क कार्यान्वयनमा रोक लगाएका थिए।

नेपालीका लागि पर्यटक भिसामा पनि आर्थिक धरौटी

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले बी–१÷बी–२ पर्यटक तथा व्यावसायिक भिसाका लागि ५० देशका नागरिकलाई १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलरसम्मको भिसा धरौटी आवश्यक पर्ने व्यवस्था गरेको छ।

यस सूचीमा नेपाल, बंगलादेश र भुटानसमेत परेका छन् भने भारतलाई भने उक्त व्यवस्थाबाट छुट दिइएको छ । नेपाल र बंगलादेशका नागरिकका लागि यो व्यवस्था जनवरी २१ देखि लागू भएको हो भने भुटानका लागि जनवरी १ देखि लागू गरिएको छ।

भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले सम्बन्धित आवेदकका लागि धरौटीको रकम निर्धारण गर्नेछन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो व्यवस्था अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २२१(जी)(३) अन्तर्गत लागू गरिएको हो।

भिसा ओभरस्टे सम्बन्धी अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागको तथ्यांकका आधारमा अगस्ट ३ मा अन्तिम नियम जारी गरी यो व्यवस्था औपचारिक बनाइएको हो । एएनआई

प्रकाशित: २०८३ असोज १९ गते सोमबार ०१:२५
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना