२०८३ असोज २१ गते बुधबार

आर्थिक नीति सुधारमा योगदान गर्न कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीः डा गोविन्दराज पोखरेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
govinda_pokhrel

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पार्टीको आर्थिक तथा विकास नीति समयअनुकूल सुधार गर्न योगदान दिने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा पोखरेलले कांग्रेसको आर्थिक तथा विकास नीतिमा सरोकारवालासँग छलफल र समन्वय गरी आवश्यक सुधार गर्न आफूले भूमिका खेल्न चाहेको बताए।

‘मैंले नेपाली कांग्रेसको आर्थिक नीति तथा विकासको नीतिमा सबै सरोकारवालासँग छलफल, समन्वय गरेर हाम्रो नीतिमा केही सुधार गर्न योगदान गर्न सक्छु भनेर खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ,’ उनले भने।

केन्द्रीय सदस्य निर्वाचित भए सुवर्णशमशेरको नाममा ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ सञ्चालन गरी कांग्रेसको आर्थिक एजेन्डालाई थप स्पष्ट र व्यवस्थित बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए।

पोखरेलले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, बजारले मागेको तथा युवाले चाहेको सीप हासिल गर्ने वातावरण बनाउने, विपद्बाट हुने धनजनको क्षति घटाउने र आयात प्रतिस्थापनका उपाय खोज्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

नेपालले वस्तु तथा सेवाको निर्यात बढाएर वैदेशिक मुद्रा आर्जन गर्नुपर्नेमा जोड दिँदै उनले देशमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए।

‘कुनै पनि देश निर्यात नगरी धनी हुँदैन। भएका साधन र स्रोत उपयोग गरेर चाहे सेवा होस्, चाहे वस्तु होस्, त्यसको निर्यात गरेर भोलि हामीले यहाँ वैदेशिक मुद्रा आर्जन गर्न सक्नुपर्छ,’ उनले भने।

उनले नेपालको आर्थिक विकासका लागि लगानी मुख्य विषय रहेको बताए। देशमा लगानी भित्र्याएर त्यसबाट नागरिकको जीवनस्तर सुधार गर्ने, शिक्षा र स्वास्थ्यका माध्यमबाट जनशक्तिलाई दक्ष तथा उत्पादनशील बनाउने र त्यसबाट लगानीमा राम्रो प्रतिफल तथा सरकारको राजस्व बढाउने नीति आवश्यक रहेको उनको भनाइ छ।

पोखरेलले बदलिँदो प्रविधिसँगै कांग्रेसको आर्थिक विकासका साधन र माध्यम पनि परिवर्तन गर्नुपर्ने बताए। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट नेपालमै बसेर सफ्टवेयर तथा अन्य डिजिटल सेवा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ।

त्यस्तै, विद्युत् निर्यातसँगै पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने उनले बताए। आगामी दिनमा ईभी कारसँगै ईभी ट्रक र बसको प्रयोग विस्तार गर्न सकिने उनको भनाइ छ।

प्रकाशित: २०८३ असोज २१ गते बुधबार ०६:१६
प्रतिक्रिया

थप समाचार

मन्त्रिपरिषद्का ६ निर्णयः नवीनराज सिंहलाई सचिवमा बढुवालगायत १५३ पीडितलाई क्षतिपूर्ति

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष...

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको...

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...

कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदै छ। आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय...

कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्वरोध, यी हुन् केन्द्रीय कार्यसमितिका उम्मेदवारहरू [सूची]

काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामवली सार्वजनिक भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना