२०८३ असोज २५ गते आईतबार

क्षेत्रीय २० शहरमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
bluefest.day1-51

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता आधिकारिक रूपमा विस्तार गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरूमहरूमा आइपुगेको हो। राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र सिधै बुकिङ गर्न सक्नेछन्।

यामाहाको मूल मर्म ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स” लाई आत्मसात् गरेको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्दछ। यसमा भिाभीए प्रविधिको १५५ सिसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पीड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्दछ।

हाल उपलब्ध आकर्षक रंगहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पहरूको ग्राहक मागलाई सम्बोधन गर्दै यामाहाले यो नयाँ ब्लु विकल्प बजारमा ल्याएको हो।

क्षेत्रीय विस्तारका अवसरमा बोल्दै एमएडब्लू राइडस प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ र राइडरहरूले थप नयाँ रंगका विकल्पहरूको स्पष्ट माग गरिरहनुभएको थियो। ब्लु एक्सएसआरलाई क्षेत्रीय बजारहरूमा प्रत्यक्ष रूपमा पुर्‍याउनु हाम्रो लागि एउटा महत्त्वपूर्ण कदम हो। क्षेत्रीय ग्राहकहरू हाम्रो बढ्दो एक्सएसआर समुदायको प्रमुख हिस्सा हुन् र हामी उहाँहरूमाझ थप विकल्प तथा उत्कृष्ट अनुभवहरू सिधै पुर्‍याउन प्रतिबद्ध छौँ।’

५ लाख ३४ हजार ९०० मूल्य तोकिएको यो नयाँ भेरिएन्ट थप किफायती समेत भएकाले धेरैभन्दा धेरै राइडरहरूलाई मौलिक नियो–रेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउनेछ।

प्रकाशित: २०८३ असोज २५ गते आईतबार ११:४६
प्रतिक्रिया

थप समाचार

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता...

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ: एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट तथा ‘बाइ वान गेट वान’ सुविधा पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई...

‘पल्सर आरपीएम बुटवल’ सम्पन्न, २५ सय युवा सहभागी

बुटवलमा युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको पल्सर आरपीएम  सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा...

अनरको दशैं, तिहार, छठलक्षित उपहार योजना, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर

काठमाडौँ: स्मार्टफोन ब्रान्ड अनरले दशैं, तिहार र छठको अवसर पारेर ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ। ४ अक्टोबरदेखि १५ नोभेम्बर  २०२६ सम्म सञ्चालन हुने अभियानमा...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना