काठमाडौँ: स्मार्टफोन ब्रान्ड अनरले दशैं, तिहार र छठको अवसर पारेर ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ। ४ अक्टोबरदेखि १५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
अभियानअन्तर्गत योग्य अनर स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहक पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। योजनामा हरेक दिन १० जना भाग्यशाली ग्राहकले अनर एक्ससेभ ई एक्टिभ इयरबड्स र ३ जनाले अनर वाच २ प्रो जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
त्यस्तै, अभियान अवधिभर ८ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्। भ्रमण योजनाले ग्राहकलाई चाडपर्वको अवसरमा नयाँ ठाउँको अनुभवसँगै अविस्मरणीय यात्रा गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।
अभियानमा सहभागी हुन ग्राहकले योग्य अनर स्मार्टफोन वा ट्याब्लेट खरिद गरी ३५००१ मा ‘अनर आईएमईआई नम्बर’ वा ‘अनर एसएन नम्बर’ लेखेर एसएमएस पठाउनुपर्नेछ।
तीन फरक पुरस्कार श्रेणीसहित सञ्चालन हुने अभियानमा अभियान अवधिभर नियमित रूपमा विजेता छनोट गरिनेछ। ग्राहकलाई प्रविधिसँगै थप रोमाञ्चक अनुभव प्रदान गर्ने उद्देश्यले अभियान ल्याइएको अनर नेपालले जनाएको छ।
