२०८३ असोज २५ गते आईतबार

बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
New Project – 2026-10-11T135009.891

काठमाडौँः बूढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी राखेको छ ।

नेपाली सेनाका अनुसार आइतबार दिउँसो १२ बजेसम्म गोरखाको बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार गरिएको छ । उद्धारका लागि एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट टोली परिचालन गरिएको थियो ।

सेनाका अनुसार जगत क्षेत्रबाट ६ जना, न्याकफेदीबाट ९ जना, यारुबाट ९ जना र पायुँबाट १२ जनाको उद्धार गरिएको हो । यारुबाट उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सरकारी निकायसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

बूढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखा, धादिङ, तनहुँलगायतका जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा जोखिममा परेका नागरिकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित: २०८३ असोज २५ गते आईतबार ०१:५०
प्रतिक्रिया

थप समाचार

बजारको मागअनुसार सीप विकास र रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री यादव

काठमाडौँः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बजारको मागअनुसार युवालाई सीप प्रदान गरी रोजगारीसँग जोड्नुपर्ने बताएका छन् । उनले युवालाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक तथा...

पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बूढीगण्डकी नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान...

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

ठूला सेयर बिक्रीको सूचना नियममा धितोपत्र बोर्डको संशोधन, सीमा १५ प्रतिशत पुग्यो

काठमाडौँः धितोपत्र बजारमा आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि सूचना दिनुपर्ने व्यवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब १५ प्रतिशत वा सोभन्दा बढी...

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना