२०८३ असोज २५ गते आईतबार

हनुमानढोकाको दसैँघरमा विधिपूर्वक राखियो जमरा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
New Project – 2026-10-11T141205.188

काठमाडौँः बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा रहेको दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ ।

हनुमानढोकामा तैनाथ नेपाली सेनाको शार्दूलजङ्ग गुल्मका पण्डित वेणुपहरि दाहालका अनुसार वैधृति योग र चित्रा नक्षत्र परेकाले शान्तिविधि गरी घटस्थापना गरिएको हो ।

उनले गुरुहरूको सल्लाहअनुसार शान्तिविधि सम्पन्न गरी नवदुर्गा भगवतीको आह्वान, स्थापना र पूजाआजा गरेर जमरा राखिएको जानकारी दिए ।

उनका अनुसार घटस्थापनाका लागि आइतबार बिहान ११ बजेर ४६ मिनेटको शुभ साइत निर्धारण गरिएको थियो । सोही साइतमा सङ्कल्पसहित विधिपूर्वक जमरा रोपिएको उनले बताए ।

‘विशेष गरेर वैधृति योग र चित्रा नक्षत्र परेका कारण धननाश र सन्ताननाश हुने योग रहेको मान्यता छ । त्यसैले शान्ति गरेर घटस्थापना र जमरा राख्नु उपयुक्त हुन्छ,’ दाहालले भने ।

यस्तो अवस्थामा विधिपूर्वक पूजाआजा गरी शान्ति गर्ने परम्परा रहेको उनले बताए । यसका लागि देवीदेवता तथा २७ नक्षत्रका देवीदेवताको स्थापना गरेर पूजा गर्ने चलन रहेको उनको भनाइ छ ।

दाहालका अनुसार दसैँमा जमरा राख्नुको धार्मिक महत्त्व छ । जमरालाई अन्नमध्ये प्रमुख र पवित्र मानिनुका साथै दुर्गा भगवतीको प्रिय वस्तुका रूपमा लिने गरिन्छ ।

घटस्थापनाका दिन जमरा रोपेर नौ दिनसम्म जल चढाउने, पूजाआजा गर्ने र देवीको आराधना गर्ने परम्परा छ । यस अवधिमा नवदुर्गाको पूजा गरी शक्ति प्राप्तिको कामना गरिन्छ । विजयादशमीका दिन टीका र जमरा लगाएर देवीको प्रसाद ग्रहण गर्ने चलन छ ।

दसैँलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयका रूपमा पनि लिइन्छ । धार्मिक मान्यताअनुसार यही अवसरमा दुर्गा भगवतीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गरिन्छ ।

प्रकाशित: २०८३ असोज २५ गते आईतबार ०२:१२
प्रतिक्रिया

थप समाचार

बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

काठमाडौँः बूढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, विशालटारस्थित स्याउली बजारको सुकुम्बासी बस्ती बगाएको छ । नदीमा आएको बाढीसँगै सिमेन्ट र बालुवाको घोलजस्तो लेदो...

बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

काठमाडौँः बूढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी राखेको छ । नेपाली सेनाका...

बजारको मागअनुसार सीप विकास र रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री यादव

काठमाडौँः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बजारको मागअनुसार युवालाई सीप प्रदान गरी रोजगारीसँग जोड्नुपर्ने बताएका छन् । उनले युवालाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक तथा...

पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बूढीगण्डकी नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान...

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना