२०८३ असोज २५ गते आईतबार

‘बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न प्राविधिक अध्ययन जरुरी छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
photo_32789ab8

काठमाडौँ: वातावरण पत्रकार एवं नदी अध्येता रमेश भुसालले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढी पहिरोले नदी केही समय थुनिएर एक्कासी खुलेका कारण आएको हुन सक्ने प्रतिक्रिया दिएका छन्।

उनले पछिल्लो पाँच वर्षमा मेलम्ची, त्रिशूली र बूढीगण्डकी क्षेत्रमा भएका ठूला विपद्का घटनाले उच्च हिमाली क्षेत्रको नियमित अनुगमन र प्रभावकारी पूर्वसूचना प्रणालीको आवश्यकता देखाएको बताए।

अर्थ जर्नालिजम नेटवर्कका दक्षिण एसियाली संयोजकसमेत रहेका भुसालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा बाढी आउनुअघि पानी परेको नदेखिएकाले यसको कारण वर्षा मात्र नभएको हुन सक्ने बताए।

‘अहिले पानी परेर बाढी आएको भन्ने कुरा छ तर पानी परेर आएको भए १२ घण्टाअघिसम्म कतै पनि पानी परेको छैन भन्ने हाइड्रोपावर कम्पनीहरुकोे भनाइ छ। त्यसैले पानीका कारण होइन भन्ने छ,’ उनले भने।

उनका अनुसार बाढी आउनुको सम्भावित कारण पहिरोले नदीको बहाव रोक्नु र त्यसपछि थुनिएको पानी एक्कासी बाहिरिएको हुनसक्छ। सानो हिमताल फुटेको हुनसक्ने सम्भावना पनि रहेकाले घटनाको वास्तविक कारणबारे थप अध्ययन आवश्यक रहेको उनले बताए।

उनले भने,‘प्रारम्भिक अनुमान अनुसार पहिरो गएर त्यसले नदी केहीबेर थुनियो र त्यसपछि पानी एक्कासी खुलेको हुनसक्ने एउटा सम्भावना छ। अर्को चाहिँ सानो हिमताल फुट्यो कि भन्ने हो। तर अहिलेसम्म आएको जानकारीअनुसार पहिरोले थुनिएर आयो भन्ने नै हो।’

उनले पछिल्लो पाँच वर्षमा करिब १०० किलोमिटरको हवाई दूरीभित्र रहेका मेलम्ची, त्रिशूली र बूढीगण्डकी क्षेत्रमा ठूला बाढी तथा विपद्का घटना भएको उल्लेख गर्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

भुसालले यस्ता घटना वर्षा र मनसुनसँग मात्र जोडेर हेर्न नहुने बताए। उनका अनुसार उच्च हिमाली क्षेत्रमा पहिरो, चट्टान खस्ने, हिमपहिरो जाने तथा अन्य प्राकृतिक प्रक्रियाले पनि ठूलो विपद् निम्त्याउन सक्छन्।

उनले भने,‘रसुवा र अहिलेको घटनालाई हेर्दा पानी नपरेको अवस्थामा पनि ठूला दुर्घटना भइरहेका छन्। मनसुनजन्य कारण नभएर मनसुनबाहेकका अरू कारणले गर्दा पनि ठूला घटना हुन थाले। ढुङ्गा, चट्टानै खसिरहेका छन्। रसुवा र मेलम्चीमा पनि ठूलो पानी परेर होइन ी, त्यस्तै भएको छ।’

उनले उच्च हिमाली क्षेत्रमा भइरहेका परिवर्तनबारे पर्याप्त जानकारी नहुनु, आवश्यक स्रोतसाधनको अभाव हुनु तथा पानी पर्ने र नपर्ने विषयमा मात्र बढी ध्यान केन्द्रित हुनु पनि चुनौती रहेको बताए।

भुसालले विपद् हुनुअघि त्यसको सम्भावित कारण र जोखिम पहिचान गर्न सके मात्र प्रभावकारी पूर्वसूचना दिन सकिने बताए। त्यसका लागि उच्च हिमाली क्षेत्रमा अनुगमन गर्ने प्रणाली र जोखिमबारे तत्काल जानकारी दिने संयन्त्र आवश्यक रहेको उनको भनाइ छ।

उनका अनुसार बाढीको कारण पहिचान गर्न नदीको माथिल्लो तटीय क्षेत्र, साना सहायक नदी तथा खोलामा पहिरो गएर बहाव अवरुद्ध भएको थियो कि थिएन भन्ने विषयमा अध्ययन गर्नुपर्छ।

उनले बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न थप प्राविधिक अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उच्च हिमाली क्षेत्रमा भइरहेका परिवर्तनको नियमित अनुगमन, जोखिमको पूर्वपहिचान र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २०८३ असोज २५ गते आईतबार ०३:११
प्रतिक्रिया

थप समाचार

हनुमानढोकाको दसैँघरमा विधिपूर्वक राखियो जमरा

काठमाडौँः बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा रहेको दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ । हनुमानढोकामा तैनाथ नेपाली सेनाको शार्दूलजङ्ग...

पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बूढीगण्डकी नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान...

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ । धादिङमा हालसम्म मानवीय क्षति भने...

बूढीगण्डकीमा तीन चरणमा बाढीः आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्यो

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी विभिन्न चरणमा तल्लो तटीय क्षेत्रतर्फ बढिरहेको छ। मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले...

बूढीगण्डकी नदीमा ठूलो बाढीको जोखिम, गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा आएको ठूलो बाढीलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। बाढीको जोखिमलाई ध्यानमा...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना