काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्सालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। एक्सटेन्सन काउन्टरको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उद्घाटन गरे।
महानिरीक्षक कुँवरले एक्सटेन्सन काउन्टरबाट प्रहरीलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिइँदै आएको जानकारी दिए।
शाखा कार्यालय नक्सालमार्फत रहने एक्सटेन्सन काउन्टरबाट नगद–चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटिएम सेवालगायत सेवा प्रदान गरिने बैंकले जनाएको छ । बैंकले हाल २७२ शाखा, ६४ एक्सटेन्सन काउन्टर, २६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ।


