काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले बाँकेको नेपालगञ्ज उपमहानगर धम्बोझी– २ स्थित ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ। भवन ज्येष्ठ नागरिकका लागि क्लब सुविधा दिने उद्देश्यले निर्माण गरिएको हो।
ज्येष्ठ नागरिक क्लबले उनीहरूलाई आफ्ना समस्या समाधान गर्न, सदस्यद्वारा पारस्परिक रूपमा लाभ उठाउन र पुनर्निर्माण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ। बैंकका प्रतिनिधिले संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
