२०८३ कार्तिक ९ गते आईतबार

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ४
beni_jomsom

म्याग्दी: पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पु¥याएको बताए।

‘रु ८० देखि ९० करोड क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा ल्याउन थप रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ’, उनले भने, ‘पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र भएको सडकको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ।’

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा क्षति पुगेको छ। यसअघिका पहिरो र कटानको जोखिम भनिएका ठाउँका अलावा नयाँ ठाउँमा पनि कटान र पहिरो सिर्जना भएको छ।

सङ्घीय सडक सुपरिक्षवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३/०७४ मा सुरु भएको बेनी–जोमसोम–कोरला सडकमा हालसम्मकै धेरै क्षति भएको बताए। योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीले म्याग्दी खण्डमा हालै स्तरोन्नति भएको सडकमा धेरै क्षति पुगेको बताए।

यसअघि एक घण्टा तीन मिनेट लाग्ने म्याग्दी खण्ड पार गर्न बाढी पहिरोपछि तीनदेखि चार घण्टा लाग्न थालेको छ। पर्वतको फर्से, केराबारी, लामाबगर, म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुुइठेभिर, खामभित्ता, सुकेबगर क्षेत्रमा पहिरो र कटानले ठूलो क्षति गरेको छ।

कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलको अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ। पहिरो र कटान भएको ठाउँमा एकतर्फी गाडी चलाउन मिल्ने गरी मार्ग खोलिएको हुँदा सवारीसाधन फस्ने, जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए। कोरला नाका जाने आउने कन्टेनर, नाकाबाट भित्र्ने सवारीसाधनदेखि मुस्ताङ जाने आउने पर्यटक र स्थानीयवासीको चाप धेरै हुने गरेको छ।

कोरला नाका, पर्यटकीय र आन्तरिक यातायातका हिसाबले बेनी–जोमसोम–कोरला सडकलाई महत्वपूर्ण मानिएको छ। केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गरेका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा सरकारले बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए।

प्रकाशित: २०८३ कार्तिक ४ गते मङ्गलबार १२:११
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, हेर्नुस् तस्बिरहरूमा

धादिङ: सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ। देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

अब सरकारी पूर्वाधारमा स्वदेशी सामग्रीलाई प्राथमिकता, बिटुमिनको विकल्पमा कङ्क्रिट सडक

काठमाडौँ: सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति अघि सारेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा...

विद्युत व्यापार गर्न ११ कम्पनीको प्रस्ताव, आशयपत्र दिँदै सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन्।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना