काठमाडौँ- ईसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै कुवेतबाट पठाएको पैसा सिधै ईसेवा वालेटमा पठाउन सकिने भएको छ।
अल मुजैनीका ११८ ओटा शाखाबाट ईसेवा मनी ट्रान्सफरमार्फत् सिधै ईसेवा वालेटमा पैसा जम्मा गर्न सकिने ट्रान्सफरले जानकारी दिएको छ। यसका साथै जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम पठाउन सकिने ट्रान्सफरले जानकारी दिएको छ।
यसरी अल मुजैनीबाट पठाएको पैसा ईसेवा वालेटमा पठाउँदा रु७७ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।


