२०८३ कार्तिक ८ गते शनिवार

कालिगढ पलायन, सम्पदा बेवास्तामा: अस्तित्व गुमाउँदै ऐतिहासिक टक्सार बजार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ८
photo-1_55445279

भोजपुर: पूर्वीपहाडी जिल्ला भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा पुगेको छ। ऐतिहासिक कलामा पोख्त कालिगढहरू समेत पलायन भएपछि पूर्वमा नै नाम चलेको टक्सार बजार अहिले नाममा मात्र सीमित बन्ने तरखरमा छ।

भोजपुर नगरपालिकाको वडा नम्बर १२ मा रहेको टक्सार बजारलाई चिनाउन महोत्सवलगायतका विभिन्न कार्यक्रमको आयोजना भए पनि सोपश्चात् पनि टक्सार बजारको अवस्था उस्तै छ। टक्सारमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन अहिले जरुरी रहेको स्थानीय व्यवसायीको भनाइ छ।

टक्सार बजारबाट सबै विस्थापित भएकाले पनि यसको साख जोगाउन नसकिएको टक्सारका स्थानीय घमचन्द्र दाहाल बताउँछन्। उनी भन्छन्, ‘टक्सारका बासिन्दाहरू स्थानीय उद्योग व्यवसाय सञ्चालन हुन छाडेपछि पुराना घर, खेतबारी छाडेर सुविधायुक्त ठाउँतिर बसाइँ गएकाले ऐतिहासिक बजारको महत्त्व घट्दै गएको छ। वि.सं. १८७२ मा राजा गीर्वाणयुद्धविक्रम शाहको पालामा टक्सार खानीअड्डा स्थापना भएपछि बजारको रूपमा बस्ती विकास भएको हो।

स्थानीय बासिन्दाका अनुसार वि.सं. १८७० सालदेखि तत्कालीन नेपाल सरकारले भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलाममा सुन, तामा, सिसा, पित्तल र फलामखानी उत्खनन गर्न थालेपछि टक्सारमा खानीअड्डा स्थापना भएको हो।

यहाँ पाटनबाट ल्याइएका कालिगढद्वारा फलाम र तामाको डोली पैसा बनाइन्थ्यो। पैसा छाप्ने पहिलो कालिगढ देवदत्त शाक्य हुन्। टक्सारमा टक छाप्ने पेसामा शाक्य वंशले लामो समयसम्म योगदान गरेका थिए। एक तोला र दुई तोला तौल भएको उक्त पैसा राणाकालसम्म चलेको यसोधरा माध्यमिक विद्यालय टक्सारका पूर्वप्रधानाध्यापक गणेश बज्राचार्यको भनाइ रहेको छ। टक छाप्नको लागि पाटनबाट कालिगढ ल्याइएका थिए। त्यतिबेला निर्मित दुई दर्जन मठमन्दिर, गुम्बा, चैत्य, बौद्धविहार, धारा, पाटीपौवा, हस्तकला र मूर्तिकला संरक्षण र पुनर्निर्माणको पर्खाइमा छन्।

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपालभित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेको छ। तर यतिबेला यहाँबाट अधिकांश कालिगढहरू पलायन भइसकेका छन्।

ऐतिहासिक कलामा पोख्त कालिगढहरू पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप हुन लागेको छ। हिजोआज दुई–तीन घरले मात्र यो पेसालाई निरन्तरता दिएको स्थानीय सानुकाजी शाक्यले बताए। कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन।

स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थहरू र कोइला ढुवानी गर्दा महँगोसमेत हुने भएकाले पनि टक्सारबाट कालिगढहरूको विस्थापन हुने क्रम बढेको छ।

टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन राजनीतिक दल, नागरिक समाज र सरकारले टक्सारमा सञ्चालित कला उद्योगको विकासको लागि छुट्टै व्यवस्था गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन्।

टक्सारमा ७५ प्रतिशत बजारवासीले आफ्ना ठूला–ठूला घर, खेतबारी छाडेर अन्यत्र गइसकेका छन्। टक्सारमै रहेको घरेलु तथा साना उद्योग विकास कार्यालयले विगतमा दर्ता भएका धातु उद्योगहरू अहिले केही मात्रामा सञ्चालनमा रहेको जनाएको छ।

भोजपुरको टक्सार ओलाङ्चुङ्गोला बाहेक तिब्बतको व्यापारिक केन्द्र दिगर्चा जाने अर्को मुख्य बाटो थियो। टक्सारमा निर्मित हस्तकलाका सामग्रीहरू नेपालमा मात्र होइन, चीनको तिब्बत र भारतको दार्जिलिङ, आसाम, सिलगढी तथा कलकत्तासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीहरू बताउँछन्।

पाटनबाट टक्सारमा आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र परम्परागत मूल्य, मान्यताहरू सँगै ल्याएका थिए। उनीहरूको गुम्बा, चैत्य, बौद्धविहार, शाक्यमुनि विहार, भीमसेनको घण्टा, करुणामय मन्दिर, अजिमा मन्दिरमा दाफा भजन, नामसङ्गीति, स्तोत्र पाठ, ज्ञानमाला भजन गाउने र पूजा गर्ने परम्परा छ। नेवारहरूले लाखेनाच, बुद्धजयन्ती, गाईजात्रा, मत्या, कृष्णजात्रा र भीमसेनजात्रा मनाउने गरेका छन्।

काठमाडौं उपत्यकापछि धार्मिक र सांस्कृतिक हिसाबले पूर्वाञ्चलमै प्रसिद्ध भोजपुरको टक्सारमा बौद्धमार्गी नेवार जातिको बाहुल्यता छ। सदरमुकाम भोजपुरदेखि आधा घण्टाको दूरीमा रहेको एक मात्र विमानस्थल पनि टक्सारमा नै पर्छ। पर्यटनको विषयमा जानकारी दिन टक्सारमा नै पर्यटन सूचना केन्द्रको समेत स्थापना भएको छ। तर त्यो पनि सञ्चालनमा नआउँदा अहिले नाम मात्रको सूचना केन्द्र बन्न पुगेको छ।

सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर जाने अवस्थामा पुगेको छ। करिब ५० लाख लागतमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र सङ्घ, प्रदेश तथा स्थानीय तह कसको जिम्मामा रहने टुङ्गो नलाग्दा संरक्षणमा समेत समस्या भएको छ।

केन्द्रको भवनमा लगाइएका झ्यालढोका निकै कलात्मक तवरबाट निर्माण गरिएका छन्। तर सरोकारवाला निकायले माल पाएर चाल नपाउँदा यो भवन अहिले भूतबङ्गलामा परिणत भएको स्थानीय विमल रणपहेलीको भनाइ छ। तत्कालीन पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चलका १६ जिल्लाको एउटै मात्र पर्यटन प्रवर्द्धनका लागि यो भवन निर्माण गरिएको हो।

टक्सारमा सरस्वती गुफा, अजिमा मन्दिर, भीमसेनथान, शाक्यमुनि विहार, महादेव मन्दिर, टक्सार अड्डाको विद्याधरी धारा, खिकामछा दरबारको अवशेषलगायत प्राकृतिक छटाले सुन्दर वातावरणयुक्त ऐतिहासिक स्थलहरूको अवलोकन गर्न सकिन्छ।

टक्सारमा मावि, निमावि र प्रावि गरी आधा दर्जन विद्यालय, उद्योग कार्यालय, सबैभन्दा पुरानो विद्याधरी सार्वजनिक पुस्तकालय, कालिका पुस्तकालयसमेत रहेको टक्सारको यसोधरा माविका शिक्षक दीपेन्द्र श्रेष्ठ बताउँछन्। अनुसन्धानात्मक इतिहासको निम्ति यहाँका पुराना हस्तकलायुक्त भवन, शिलालेख, ताम्रपत्र र ऐतिहासिक सामग्रीहरू पर्याप्त छन्।

प्रकाशित: २०८३ कार्तिक ८ गते शनिवार १०:५४
प्रतिक्रिया

थप समाचार

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, हेर्नुस् तस्बिरहरूमा

धादिङ: सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ। देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला...

बंगालको खाडीमा चक्रवातको प्रभावः नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। मौसमविद् विनोद पोखरेलले सामाजिक...

दशैँ मनाएर काठमाडौँ फर्किनेको संख्या बढ्यो

काठमाडौँ: दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ। दशैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
hemraj_dhakal
कर्पोरेट

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना