२०८३ कार्तिक ८ गते शनिवार

बंगालको खाडीमा चक्रवातको प्रभावः नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ८
rain_pani

काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्।

मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको बताएका छन्।

‘मैले अध्ययन गरिरहेका मौसम पूर्वानुमानले आगामी अवधिमा केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुन सक्ने छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसको अर्थ एकै दिनमा त्यति धेरै वर्षा हुन्छ भन्ने होइन। वास्तविक वर्षाको मात्रा, समय र प्रभावित क्षेत्र अझै परिवर्तन हुन सक्छन्।’

२०० मिलिमिटर वर्षाको प्रभाव कस्तो हुन्छ भन्ने विषय वर्षा हुने समय, स्थान र त्यहाँको मौसमी अवस्थामाथि निर्भर रहने पोखरेलले स्पष्ट पारेका छन्।

‘मनसुनको समयमा पनि छोटो अवधिमा यति धेरै वर्षा हुनु जोखिमपूर्ण हुन्छ। अहिले धान काट्ने समय हो भने हिमाली क्षेत्रमा धेरै मानिस यात्रा गर्ने अवधि पनि हो। त्यसैले यसको असर अझ गम्भीर हुन सक्छ,’ उनले चेतावनी दिएका छन्।

‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात, अत्यधिक चिसो र हिमपहिरोको जोखिम बढ्न सक्छ,’ उनले थप लेखेका छन्, ‘मौसमसम्बन्धी पछिल्ला जानकारी र आधिकारिक सूचनाहरू जाँच गरेर मात्रै यात्राको योजना बनाउनुहोस्।’

मौसमविद् पोखरेलले अहिले विकसित भइरहेको मौसमी प्रणाली सन् २०१४ अक्टोबर १४ मा आएको हिमआँधीको अवस्था सम्झाउने खालको रहेको पनि उल्लेख गरेका छन्।

‘चक्रवातसँग सम्बन्धित उक्त घटनामा अन्नपूर्ण आसपासका पदयात्रा क्षेत्रसहित ४३ जनाले ज्यान गुमाएका थिए। अहिलेको पूर्वानुमानमा त्यसबेला देखिएका केही मौसमी सूचकसँग मिल्दोजुल्दो अवस्था देखिएको छ,’ उनले भनेका छन्, ‘तर यसको अर्थ यसपटक पनि त्यस्तै परिणाम आउँछ भन्ने होइन। आशा छ, यसपटक हामीले समयमै सतर्कता अपनाएर अझ राम्रो तयारी गर्न सक्नेछौँ।’

बंगालको खाडीबाट विकसित हुने न्यून चापीय प्रणाली नेपालतर्फ नजिकिएर माथिल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीसँग अन्तरक्रिया गरेमा भारी वर्षाको सम्भावना बढ्ने उनले बताएका छन्।

बंगालको खाडीमा विकसित भइरहेको मौसमी अवस्थासँगै नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली पनि विकसित हुन थालेको छ।

शुक्रबार बिहान ५ः४५ बजे बंगालको खाडीको पूर्वमध्य भाग तथा आसपासको दक्षिणपूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको थियो।

नेपालको जल तथा मौसम विज्ञान विभागले उक्त न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली हुँदै सोमबारसम्म चक्रवाती आँधीमा विकसित हुने सम्भावना रहेको जनाएको छ।

चक्रवाती आँधीमा विकसित भएपछि यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिशाको आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ।

विभागका अनुसार उक्त मौसमी प्रणालीले आगामी बुधबार (अक्टोबर २८) देखि आइतबार (नोभेम्बर १)सम्म नेपालमा प्रभाव पार्न सक्नेछ।

‘यद्यपि, यो प्रणालीका कारण नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र कस्तो प्रभाव पर्न सक्छ भन्ने कुरा अहिले नै निश्चित रूपमा आकलन गर्न सकिने अवस्था छैन,’ विभागले जनाएको छ, ‘तर सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सतर्क रहन अनुरोध गरिन्छ।’

विभागले आगामी एक सातामा देशका विभिन्न भागमा अधिकतम तथा न्यूनतम तापक्रममा समेत सामान्य गिरावट आउने पूर्वानुमान गरेको एएनआई आफ्नो समाचारमा उल्लेख गरेको छ।

प्रकाशित: २०८३ कार्तिक ८ गते शनिवार ०६:२८
प्रतिक्रिया

थप समाचार

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, हेर्नुस् तस्बिरहरूमा

धादिङ: सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ। देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला...

कालिगढ पलायन, सम्पदा बेवास्तामा: अस्तित्व गुमाउँदै ऐतिहासिक टक्सार बजार

टक्सारको वैभव संकटमा, ७५ प्रतिशत बासिन्दा विस्थापित

दशैँ मनाएर काठमाडौँ फर्किनेको संख्या बढ्यो

काठमाडौँ: दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ। दशैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
hemraj_dhakal
कर्पोरेट

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना