२०८३ कार्तिक १४ गते शुक्रबार

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
dhulikhel_khawa

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ।

थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी निर्माणलाई अहिले तीव्रता दिइएको सूर्यविनायक–धुलिखेल आयोजनाले जनाएको छ।

त्यस क्रममा केही दिनदेखि बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्रको काम थालिएको हो। भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडकखण्डलाई छ लेनको कामअन्तर्गत दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो।

साँगा–धुलिखेलतर्फको आठ किलोमिटर दूरीको सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते भएको सम्झौता अनुसार २०८२ मङ्सिर २५ गते सम्पन्न गर्नुपर्ने थियो। त्यसका लागि लामा कन्स्ट्रक्सन प्रालीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएकामा तोकिएको अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएपछि थप एक वर्ष समय थपिएको हो।

सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेलसम्मको १५ दशमलव आठ किमी सडक दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ। सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले आयोजनाको कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए। उनका अनुसार हालसम्म काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ।

भक्तपुरतर्फ सूर्यविनायकदेखि साँगासम्म ५४ प्रतिशत काम भएको महतोको भनाइ छ।

भक्तपुरतर्फ सडक विस्तारको काम ढिलो ठेक्का सम्झौता भएकाले कम प्रगति देखिएको आयोजनाले जनाएको छ। काभ्रेपलाञ्चोकतर्फ हालसम्म साढे तीन किलोमिटर सडक छ लेनमा नै पहिलो लेयरको कालोपत्र भएको महतोले जानकारी दिए।

“साँगादेखि धुलिखेलसम्मको सात दशमलव नौ किमी सडकमध्ये साढे छ किमी चार लेनमा पहिलो लेयरको कालोपत्र भएको र अब काभ्रेतर्फ डेढ किमी सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको छ”, महतोले भने। साँगा–धुलिखेल खण्डको निर्माण व्यवसायीसँगको सम्झौताको म्याद आगामी मङ्सिर २३ गतेसम्म रहेकाले कुनै अप्ठ्यारो परिस्थिति नआए निर्धारित समयमै मुख्य काम सकिने आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगा खण्डमा हालसम्म ‘साइड स्ट्रक्चर’को काम लगभग सकिएको छ। भक्तपुरतर्फ हालसम्म डेढ किमी सडक छ–लेनमै पहिलो कालोपत्र सकिएको छ भने साँगाको अण्डरपासमा दुई लेनमा एक दशमलव दुई किमी सडकमा पहिलो तहको कालोपत्र भएको महतोले जानकारी दिनुभयो। भक्तपुरतर्फ सडक विस्तारको म्याद आगामी फागुन महिनामा सकिँदैछ।

सूर्यविनायक–साँगा खण्डको सात दशमलव तीन किमी सडकका लागि विसं २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग भ्याटसहित रु तीन अर्ब ८८ करोड ९३ लाखमा आयोजनासँग ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीले समयसीमाभित्र मुख्य कामसक्ने र बाँकी कामका लागि केही समय थपेर २०८४ असार महिनाभित्र सडकको सम्पूर्ण काम सम्पन्न गराउन सकिने महतोको भनाइ छ। सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्ड विस्तारको कामले पछिल्लो महिनादेखि तीव्रता लिए पनि राजमार्गअन्तर्गतको जगाति खोला, महादेवखोला, पुण्यमाता खोलामा पुल नबनेका कारण यातायात सञ्चालनमा केही समस्या देखिएको छ। ती स्थानमा राति मालवाहक सवारीसाधन सञ्चालन हुने भएकाले पुल निर्माण हुने स्थानमा खाल्डाखुल्डी र सवारीसाधनको जाम हुने गरेको छ।

प्रकाशित: २०८३ कार्तिक १४ गते शुक्रबार ०३:४६
प्रतिक्रिया

थप समाचार

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना