काठमाडौं– नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा यातायात पुनः अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीनकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
२८ घन्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समय पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ। यो सडक हुँदै दैनिक १० हजार बढी सवारी आउजाउ गर्छन्।


